७ वैशाख २०८१ शुक्रबार
समाज

माघ १३ गतेदेखि मुग्लिन नारायणगढ सडक दिउँसो छ घण्टा बन्द

चितवन- रातीमा गाडी बन्द गरेर काम गर्दा कुनै प्रगति हुन नसकेको भन्दै नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गते शनिबारदेखि दिउँसोमा बन्द हुने भएको छ। आज शुक्रबार चितवन जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि बिहान १० बजेदेख दिउँसो ४ बजेसम्म बाटो बन्द गर्ने निर्णय गरेको हो। अहिले सो सडक रातीमा १० देखि बिहान ४ बजेसम्म बन्द हुने गरेको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यो व्यवस्था एक महिनाका लागि मात्रै गर्न लागेको बताए। ‘त्यसपछि फेरि रातिमा छ घण्टा र दिनमा एक तर्फी बन्द गरेर काम गर्नु पर्ने अवस्था पनि आउन सक्ने छ । राजधानीको लाइफलाईन भएका कारण यात्रुलाई असहज हुने गरेर लामो समय बन्द गर्न मिल्दैन । आयोजनाका अधिकारीहरुले यो कुरा ख्याल राख्नु होला’ भट्टले भने।

नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले द्रुत गतिमा काम गर्नका लागि यो व्यवस्था गर्न लागेको बताए । नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरु भएको छ । गएको बैशाखमै काम पुरा हुनु पर्ने भए पनि अहिलेसम्म ७० प्रतिशत पनि काम पुरा भएको छैन।

समयमा काम नसकिदा यो सडक भएर यात्रा गर्ने हज्जारौं यात्रुले निकै कष्ट बेहोरेका छन्। जुन तरिकाले काम हुने गरेको छ त्यो अनुसार यो वर्ष पनि काम सक्न गाह्रै हुने देखिन्छ। तर आयोजानका अधिकारीहरु आउँदो वर्षाअघि सवै काम सक्ने बताउँछन् । त्यसका लागि पनि म्याद थप गर्नु पर्ने हुन्छ। अहिलेसम्म फागुन आठ गतेभित्र काम सक्नु पर्ने समय अवधि कायम छ।

 

प्रकाशित: ५ माघ २०७४ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App