८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्री भारतमा, प्रोटोकल तोड्दै मोदीले गरे स्वागत

नयाँ दिल्ली – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल मिचेर नयाँदिल्लीस्थित इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गरेका छन्। मोदीले पहिला इजरायली प्रधानमन्त्रीसँग हात मिलाए, त्यसपछि दुबै नेता अंगालो मारे।

भारतीय प्रधानमन्त्री मोदी ६ महिना अघि इजरायलको भ्रमणमा गएका थिए। मोदी इजरायलको भ्रमणमा जाने पहिलो भारतीय प्रधानमन्त्री थिए।

मोदीको भ्रमणको ६ महिनापछि उनको आमन्त्रणमा इजरायली प्रधानमन्त्री नेतान्याहु भारतको औपचारिक भ्रमणमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेतान्याहु पनि इजरायलको प्रधानमन्त्रीको रुपमा गएको २५ वर्षपछि पहिलो पटक भारतको भ्रमणमा आएका हुन्। यसअघि करिब २५ वर्षअघि इजरायली प्रधानमन्त्री एरियल स्यारोनले भारतको भ्रमण गरेका थिए।

प्रधानमन्त्री नेतान्याहुको भ्रमणमा दलमा इजरायलको कृषि, अर्थ, सूचना प्रविधि, प्रतिरक्षालगायतको क्षेत्रका १३० जना सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको छ।

नेतान्याहुसँग आइतबार अपरान्ह भारतीय विदेशमन्त्री सुषमा स्वराजले औपचारिक भेटवार्ता गरेकी छन्। इजरायली भ्रमण दलको सम्मानमा सोमबार बिहान भारतीय राष्ट्रपति भवनमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

त्यसैगरी प्रधानमन्त्री नेतान्याहुले यस भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दलगायतसँग द्विपीक्षीय भेटवार्ता गर्ने समाचारमा जनाइएको छ ।

यस भ्रमणका क्रममा भारत र इजरायलबीच कृषि, सूचना प्रविधि र आर्थिक क्षेत्रमा केही सहमति एवम् सम्झौताहरु पनि हुने बताइएको छ।

प्रकाशित: ३० पुस २०७४ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App