८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली मिसाइल हमलाको अलर्टले अमेरिकामा त्रास

न्युयोर्क – उत्तर कोरियाबाट मिसाइल हमला भएको खबरले शनिबार साँझ अमेरिकी नागरिकलाई एकाएक त्रसित बनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हवाई प्रान्तमा मानिसहरुको मोबाइल फोनमा साँझ आएको ‘हवाईतिर आइरहेको ब्यालेष्टिक मिसाइलको खतरा। तत्काल शरण लिनुस्। यो कुनै परीक्षण होइन्’ भन्ने म्यासेजले त्रसित बनाएको हो। चेतावनीको सूचना स्थानीय टेलिभिजन र रेडियोबाट समेत प्रशारण भएको थियो।

यद्यपी हवाई प्रान्तको राज्य सरकारले गल्तीले मिसाइल हमलाको चेतावनी जारी भएको भन्दै माफी मागेको छ। हवाईका गर्भनर डेविड इगेले एक कर्मचारीले गलत स्वीच दबाउँदा नागरिक त्रसित हुनुपर्ने अवस्था आएको भन्दै माफी मागको हुन्।

अमेरिकी सरकारले असावधानीवश भएको यो घटनाको पूर्ण छानविन गर्ने बताएको छ।  

उत्तर कोरियाले अमेरिका आफ्नो मिसाइलको पहुँचभित्र रहेको घोषणा गरेपछि हवाईमा यस्तो अलर्ट सिस्टमको विकास गरिएको छ। हवाईमा परमाणु हमलाको चेतावनी दिने साइरनको डिसेम्बरमा परीक्षण गरिएको थियो।

उत्तर कोरियाको मिसाइल र परमाणु कार्यक्रमका कारण अमेरिकाको हवाई प्रान्त सम्वेदनशील मानिन्छ। किनकी यो उत्तर कोरियाको सबैभन्दा नजिक पर्छ।

प्रकाशित: ३० पुस २०७४ ११:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App