"

केरुङबाट एक सातासम्म सामान आयात नहुने

आइतबार, ३० पुष २०७४, १७ : ५६ हिमनाथ देवकोटा


रसुवा– चीनसँगको व्यापारीक नाका रसुवागढीमा सोमबारदेखि कन्टेनर सञ्चालन रोकिने भएको छ।

माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनले एक साताका लागि माघ १ गतेबाट कन्टेनर सञ्चालनमा रोक लगाउने भएको हो। सामग्री आयातका लागि केरुङ पुगेका कन्टेनरमा आइतबारसम्म शिल लगाइएको छ।

आज शिल लगाइएका कन्टेनर भोलि साँझसम्ममा नेपाल आइसक्ने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए।

सामग्री बोक्ने कन्टेनर सञ्चालन नभएपनि पर्यटक बोक्ने सवारी तथा नागरिकलाई आवतजावत गर्न समस्या नहुने प्रमुख भन्सार अधिकृत कोइरलाले बताए।

केरुङमा ल्होसारको समयमा भन्सारको काम ठप्प हुने भएपछि त्यहाँ पुगेका व्यावसायी पनि नेपाल फर्कने तयारीमा रहेका छन्।

व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार केरुङमा रहेका व्यापारी, व्यावसायी र चालक नेपाल फर्कन सुरु गरिसकेका छन् । चिनियाँ भन्सार बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन्।

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् ।

चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ ।

चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरा लगायतका सामग्री निर्यात हुने गरेको छ

 

 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

प्रियंकाको फिस १२ करोड

प्रियंकाको फिस १२ करोड

हलिउडमा संघर्षरत अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक मागेकी छिन्। अमेरिकी गायक निक जोनससँग प्रेम सम्बन्धका कारण...

गीतको ८ वर्षमै बालकथा संग्रह

गीतको ८ वर्षमै बालकथा संग्रह

कथाको किताव निकाल्नको लागि अलि उमेर ढल्दै जानुपर्छ भन्ने आम मानिसको सोचाइलाई गलत सावित गरिदिएकी छिन् आठ बर्षकी गीत पछाईले।

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियोकै...

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा महानायकको सम्मान पाएका अमिताभ बच्चन पछिल्लो ४९ वर्षदेखि फिल्मी उद्योगमा सक्रिय छन्। ७५ वर्षको उमेरमा पनि उनको उर्जा नयाँ...