coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

खोटाङ आइडलमा ७० प्रतियोगी छानिए

दिक्तेलको हेलीप्याडमा गीत गाउँदै खोटाङ आइडलका सहभागी । तस्बिर: दमन राई/नागरिक

खोटाङ – खोटाङ आइडलको दोस्रो अडिसनबाट ७० प्रतियोगी छानिएका छन् । जिल्लाका आठ गाउँपालिका र दुई नगरपालिकाका ११ स्थानमा सञ्चालन गरिएको पहिलो अडिसनबाट छानिएका १६७ प्रतियोगीमध्ये ७० प्रतियोगीले दोस्रो अडिसन पार गरेको आयोजक परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले जनाएको छ। 

नेपाल आइडलको चर्चा सेलाउन नपाउँदै थालिएको खोटाङ आइडलको तेस्रो अडिसन माघ ८ गते दिक्तेलमै सञ्चालन गरिने आयोजक समितिका संयोजक जीवनकुमार राईले बताए । 

चौथो अडिसनपछि भोटिङ राउण्डमा पुग्ने प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने प्रतियोगिलाई ५४ हजार ५७४ का साथ ६ महिना संगीत विद्यालयमा अध्ययनको अवशर, एउटा गीत रेकर्डको व्यवस्था तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, दास्रो हुनेले २४ हजार ५७४ का साथमा ३ महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड, तथा तेस्रो हुनेलाई १० हजार ५७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवशर प्रदान गरिने संयोजक राईले बताए । 

यस्तै, बेस्ट भोकलले दुई हजार ५७४ का साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् । बेलायत, मलेसिया र कतारमा रहेका आफन्तबाट प्राप्त हुने नगदबाट विजेतालाई पुरस्कारको व्यवस्था गरिएको छ । 

गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान, संबर्धन र बिकास गर्ने उद्धेश्यका साथ सर्वाधिक राशीको ‘खोटाङ आइडल’ सुरु गरिएको हो । ‘मोफसलमा लुकेका कलाको खोज एबं अवशरबाट बञ्चित नवप्रतिभाको प्रोत्साहनका लागि आइडल सुरु गरेका हौँ,’ संयोजक राईले भने, ‘आइडलमा नवप्रतिभाको उल्लासमय सहभागीता रहेको पाएका छौँ ।’ मंसिर २३ गते साकेला गाउँपालिकाको रतन्छाबाट सुरु गरिएको पहिलो अडिसन पुस १८ गते दिक्तेलमा आएर टुंगिएको थियो । 
 

प्रकाशित: ३० पुस २०७४ ११:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App