७ वैशाख २०८१ शुक्रबार
समाज

स्वयम्भूबाट माइक्रोबस नै चोरी

काठमाडौँ- मोटरसाईकल चोरिएका खबर त सुनिएकै हो। तर शनिबार राति एक माइक्रोबस नै चोरी भएको छ। स्वयम्भूबाट शनिबार राति माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ।

स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा १ ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले बताएको छ।

माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

 

प्रकाशित: ३० पुस २०७४ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App