"
राखेप च्याम्पियनसिप

पुलिस क्लबको वर्चस्व

आइतबार, ३० पुष २०७४, १० : ०० नागरिक


काठमाडौं– नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं हुवाई राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा एकलतर्फको उपििध जितेका छन्। 

पुरुष एकलमा स्यान्टु लगातार दोस्रो पटक च्याम्पियन हुँदा नविताले महिला एकलमा लगातार सातौं पटक उपाधिमा कब्जा जमाइन् । महिला एकलतर्फ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी सिजरिन शाह ८ पटक च्याम्पियन बनेको कीर्तिमान छ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल प्रतिस्पर्धामा स्यान्टुले पुलिस क्लबकै विनेश खनियाँलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । स्यान्टुले ११–५, ११–४, ११–९, ११–९ को सोझो सेटमा विजय हासिल गरेका थिए । सशस्त्र प्रहरी बल (एपिएफ) का पुरुषोत्तम वज्राचार्य र पुलिस क्लबकै प्रदीप रोकाले कांस्य पदक हात पारे।

महिला एकलमा पुलिस क्लबकी नविताले पुलिस क्लबकै एलिना महर्जनलाई १२–१०, ११–१, ११–२, १२–१० को सोझो सेटमा हराउँदै स्वर्ण पदक हात पारिन् । त्रिभुवन आर्मी क्लबकी रविना महर्जन र दीक्षा तामाङले कांस्य पदक जिते।

मिक्स डबल्समा त्रिभुवन आर्मी क्लबका चन्दन शाही र स्वेच्छा नेम्वाङको जोडीले स्वर्ण पदक जित्यो । चन्दन र स्वेच्छाको जोडीले एपिएफका अमरलाल मल्ल र सेलिशा खड्गीको जोडीलाई ११–६, ८–११, ११–७, ११–९ को सेटमा पराजित गरेको हो । एपिएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा पुलिस क्लबका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीले कांस्य पदक पाए। 

पुलिस क्लबले स्वर्ण पदक जित्न नसकेको मिक्स डबल्समा मात्र हो । ७ स्पर्धा समावेश प्रतियोगितामा पुलिस क्लबले ६ स्पर्धामा स्वर्ण पदक जितेको थियो । यसअघि पुरुष युगलमा पुलिस क्लबकै स्यान्टु श्रेष्ठ र दीप साउन तथा महिला युगलमा नविता श्रेष्ठ र एलिना महर्जनको जोडीले स्वर्ण पदक जितेका थिए । पुरुष÷महिला दुवैको टिम इभेन्टमा पनि प्रहरीले नै स्वर्ण पदक जितेको थियो।

पाँचदिने प्रतियोगितामा विभिन्न ३७ जिल्ला र तीन विभागीय गरी ४० टिमका २ सय ३५ खेलाडीले सहभागिता जनाएका थिए।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

हाइकिङ विज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा विमोचन गरिएको छ। पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे...

वृत्तचित्रमार्फत सिलवालले भने लाङटाङको कथा

वृत्तचित्रमार्फत सिलवालले भने लाङटाङको कथा

भूकम्पलगत्तैको लाङटाङ, बीच अवधिको लाङटाङ र पछिल्लो अवधिको लाङटाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङटाङ जर्नी : ट्रेजेडी टु...

रिकिस र सरु एसइई आइकन

विभिन्न स्कुलबाट एसइई दिएर बसेका किशोरकिशोरीबीच भएको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस एसइई आइकन २०१८’ काठमाडौं कपुरधाराका रिकिस चित्रकार र...

‘दशैंमा छक्का पञ्जा र जय भोले दुवै आउँछन्’

‘दशैंमा छक्का पञ्जा र जय भोले दुवै आउँछन्’

दीपकराज गिरी र दीपाश्री निरौला समूहको फिल्म ‘छक्का पन्जा ३’ र अशोक शर्माको फिल्म ‘जय भोले’ दशैंको फूलपातीका दिन भिड्ने...