७ वैशाख २०८१ शुक्रबार
समाज

चितुवाको छालासहित तीन पक्राउ

लमजुङ – सदरमुकाम बेसीसहरमा चितुवाको छालासहित तीनजना युवा पक्राउ परेका छन्।

बेसीशहर नगरपालिका वडा ८ झिंगेखोलास्थित घलेगाउँ होटलबाट शुक्रबार राति चितुवाको एकथान छालासहित पक्राउ परेका सुन्दरबजार नगरपालिका ५ तार्कुका २७ वर्षीय बिनोद तामाङ, सुन्दबजार नगरपालिका ४ दुराडाँडाका २७ वर्षीय राजेश अधिकारी र सुन्दरबजार नगरपालिका ६ सुन्दरबजारका २७ वर्षीय कमल तामाङलाई जिल्ला प्रहरी कार्यालयले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

घलेगाउँ होटलको कोठा नं. ११० मा चितुवाको छाला लुकाईछिपाई राखिएको भन्ने सुराकीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलासी गरी लुकाएर राखिएको चितुवाको छालासहित उनीहरुलाई नियन्त्रणमा लिएको पक्राउ गरिएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए।

उनका अनुसार बरामद गरिएको छाला जिल्ला वन कार्यालयलाई बुझाइने र अभियुक्तलाई वन कार्यालयले नै कानूनी कारवाही अघि बढाउने छ।

प्रकाशित: २९ पुस २०७४ १५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App