७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा कारबाहीमा परी २६ लडाकू मारिए

काबुल– अफगानिस्तानको सरकारी सुरक्षा निकायले देशभरका विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २६ आतङ्ककारी मारिएका छन् । 

गत चौबिस घण्टाको अवधिमा भएका ती सुरक्षा कारबाहीका क्रममा अरु १६ जना आतङ्ककारी घाइते भएका अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । 

अफगानी संयुक्त सुरक्षा फौजले मारिएका मध्ये १३ जना इस्लामिक स्टेट(आइएस) लडाकू रहेका जनाएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  सुरक्षाकर्मीले हातहतियार र विस्फोटक पदार्थसमेत नष्ट गरिदिएका छन् ।   (रासस/सिन्ह्वा)

प्रकाशित: २९ पुस २०७४ १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App