८ वैशाख २०८१ शनिबार
समाज

माघी पर्वको चहलपहल शुरु

कैलाली – कैलाली र कञ्चनपुरका थारु समुदायको प्रमुख चाडका रुपमा रहेको माघी पर्वको चहलपहल शुरु भएको छ। माघी पर्व नजिकिएसँगै त्यस क्षेत्रका थारु समुदायमा माघी पर्वको चहलपहल शुरु भएको हो । थारु समुदायमा नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने माघी पर्वमा मिठो मसिनो खाने, नयाँनयाँ लुगा लगाउने, आआफ्नो समूहका दौतरी साथीभाइसँग रमाउनेलगायतका विभिन्न नाचगान गर्ने चलन रहेको छ। 

विशेष गरी तीन दिनसम्म मनाइने यो पर्वमा विभिन्न थारु जातिको मौलिक पकवानजस्तै ढिक्री, अण्डिक भात, खुर्मा, घोंघी, गगेंटा, सुटही, मुसाको पकुवा, महुवक दारु, चामलको दारु, निघारलगायत विभिन्न खानाका परिकार खाने र खुवाउने चलन रहिआएको छ । 

माघी पर्वकै अवसर पारेर थारु समुदायले बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने गर्दछन् भने यसरी बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना पारिवारिक तथा गाउँस्तरमै बनाइने चलन रहेको छ। 

पर्वकै अवसरमा कैलालीका विभिन्न स्थानमा माघी विशेष कार्यक्रम र माघी महोत्सव मेलाको पनि आयोजना गर्ने तयारी भइरहेको छ। 

कार्यक्रम र माघी महोत्सव मेलाको आकर्षणका रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, स्थानीय थारु नाचगानको प्रस्तुती जस्तै: साखिया नाच, झुमा नाच, मघौटा नाच, लठ्ठी नाच, मुङग्रहुवा लगायतका नाचको प्रस्तुति गर्ने परम्परा रहिआएको छ ।    (रासस)

प्रकाशित: २९ पुस २०७४ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App