४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

भारतको कर्नाटकमा बस दुर्घटना, आठको मृत्यु

नयाँदिल्ली – भारतको दक्षिणी राज्य कर्नाटकमा एउटा बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ। 

पुल तर्दै गर्दा शनिबार तलाउमा बस खसेको र अरु १० जना घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। 

कर्नाटक राज्यको राजधानी बैङलुरुदेखि २५० किलोमिटर टाढा पर्ने हास्सान जिल्लामा दुर्घटना भएको हो। 

दुर्घटनामा परेको सरकारी बसमा चालक र सहयोगीसहित ५० जना यात्रु रहेका थिए। 

तिब्र गतिमा रहेको बसको चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको प्रारम्भिक विवरणबाट देखिएको एक जना वरिष्ठ प्रहरी अधिकारीहरुले बताएका छन्। 

मृत्यु भएका मध्ये दुई जना महिला रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ। 

बैङलुरुबाट धर्मास्तला जादै गर्दा बस दुर्घटना भएको हो। भारतमा चालकको लापर्बाही, खराव अवस्थाको सडक र सवारी साधनका कारण ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको छ भने बर्षेनी हजारौंको ज्यान जाने गरेको छ। 

प्रकाशित: २९ पुस २०७४ ०७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App