६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

पहिलोपटक रंगशालामा साउदी अरेबियाका महिला

रियाद –  साउदी अरेबियाका महिला पहिलोपटक फुटबल खेलको दर्शकका रूपमा रंगशालामा पुगेका छन् । 
त्यहाँका महिलाहरूले पहिलो पटक रंगशालामा नै उपस्थित भएर भएर फुटबल हेरेका हुन् । महिलाहरूलाई घर भित्रको काममा मात्रै सीमित नराख्ने साउदी सरकारको निर्णय पश्चात् साउदीका महिलाहरू पहिलोपटक परिवारसहित रंगशाला पुगेका हुन्। 

उनीहरूलाई रंगशालामा खटिएका महिला सुरक्षागार्डले नै खेल हेर्नका लागि भित्र जाने अनुमति दिएका थिए। 

साउदी अरेबियाको जेद्धाह शहरमामा रहेको रंगशालामा महिलाहरू परिवारको साथमा फुटबल हेर्न गएका थिए।
महिलाहरूको हकमा अनुदार देखिएको साउदी सरकारले केही समय अगाडि मात्रै महिलाहरूलाई सवारी चालनको अनुमति दिएको हो। 

साउदीका युवराज मोहम्मद विनले साउदी सरकारको पुरानो नियमलाई परिमार्जन गरी महिलाहरूमा केही हदसम्मको उदारवादी कानुन ल्याएका हुन्। 

प्रकाशित: २९ पुस २०७४ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App