७ वैशाख २०८१ शुक्रबार
प्रविधि

रुप्से र अन्धगल्छीमा थ्रिजी सेवा

बागलुङ – साविकको धौलागिरीमा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तीब्रता दिएको छ। नयाँ ठाउँमा सेवा विस्तारसंगै सेवालाई गुणस्तरीय बनाउन लागेको टेलिकमले जनाएको छ। टेलिकमको धौलागिरी शाखाले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ।

सात महिना पहिला टेलिकमले पहिलो पटक उक्त स्थानमा टावर राखेर जिएसएम मोवाईल सेवा विस्तार गरेको थियो। उक्त टावरबाट गाउँपालिकाको वडा नं ३ र ४ का झण्डै छ सय घरधुरी लाभान्वित भएको नेपाल टेलिकम धौलागिरी शाखा प्रमुख केशव शर्माले बताए। ‘हामीले अहिले सेवा विस्तारसंगै गुणस्तरीय सेवालाई प्राथमकिता दिएर काम गरिरहेका छौं,’ शर्माले भने, ‘टूजी भएका ठाउँहरुमा थ्रीजी सेवा सञ्चालनमा ल्याएका छौं।’

मुस्ताङ जाने पर्यटकहरु हिँड्ने बाटो पर्ने भएकाले पनि त्यो क्षेत्र निकै महत्वपूर्ण छ। सेवा विस्तारपछि गाउँपालिकाको गापपार्क, कोप्चेपानी, थारेसोरा, डोरीखोला, डाँडागाउँ, लिग्मो, डाँडाबजार खलङ्गा, पर्यटकिय स्थल रुप्से झरना र अन्ध गल्छीमा टेलिकमको अत्याधुनिक प्रविधिको थ्रिजी सेवा पुगेको उनले बताए। भ्वाईस तथा डाटा सर्भिसलाई सर्भसुलभ बनाउदै चुनौतीका बाबजुद टेलिकमले विकट ठाउँहरुमा आफनो सेवा विस्तारलाई तिव्रता दिईरहेको शर्माको भनाई छ।

पर्यटकीय स्थलहरु रुप्से झरना र अन्धगल्छीमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक समेत थ्रीजी सञ्चालनसंगै प्रत्यक्ष लाभान्वित हुने नेपाल टेलिकम पोखराका प्राविधिक अधिकृत बलराम अधिकारीले बताए। ‘हामीले विकट क्षेत्रमा पनि भ्वाईस प्याक तथा उच्च गतिको डाटा पु¥याउने लक्ष्यका साथ काम गरिरहेका छौं,’ अधिकारीले भने, ‘अब लगत्तै बागलुङको ताराखोला गाउँपालिकाको नाँगबेली खोला, बडिगाड गाउँपालिकाको उपल्लो दर्लिङ, र बलेवाको पैयुँपाटामा मोवाईल सेवा सञ्चालनमा ल्याउन तयारीमा छौं।’  

टेलिकमले बडिगाड गाउँपालिकाको विकट रणसिंहकिटेनी खोलाखर्क, गलकोट नगरपालिको विकट गाउँ रमुवा, वडा नं ९ रिश्मी, ताराखोला गाउँपालिकाको अमरभूमि र म्याग्दीको बरङजामा सेवा विस्तारको निमित्त फिल्ड सर्भे गरिसकेको नेपाल टेलिकम बागलुङका ईन्जिनियर अमृत नेपालले बताए।

प्रकाशित: २८ पुस २०७४ १५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App