coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

स्मार्ट सिटी भन्नेहरुले भेउ नपाएपनि विद्यार्थीले देखाइदिए नमूना

विद्यार्थीले तयार पारेको इटहरी चोकमा फ्लाई ओभर पुलको नमुना । तस्बिर:रोहित राई/नागरिक

धरान– गत स्थानीय तह निर्वाचनको बेला प्रायःसबै दलको घोषणा पत्रमा धरानलाई स्मार्ट सिटी बनाउने बुँदा प्रमुखताका साथ राखिएको थियो । निर्वाचन सकिएको झण्डै ६ महिना बितिसक्यो, जनप्रतिनिधिहरुले चुनावअघि आफुहरुले नै भनेको स्मार्ट सिटि कस्तो हो भनेर कुनै भेउ पाउन सकेका छैनन् ।

निवार्चित जनप्रतिनिधिहरु स्मार्ट सिटिको भेउ नपाएपनि उनीहरुले भनेजस्तै व्यवस्थित शहरकोरुपमा धरान कस्तो हुनुपर्छ भनेर धरान ८, तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरुले नमुना (मोडल) बनाएका छन् । यसलाई उनीहरुले ‘इम्प्रुप सिटि धरान’ अर्थात् सुधारिएको व्यवस्थित शहरको नाम दिएका छन् ।

निवार्चित जनप्रतिनिधिहरु स्मार्ट सिटिको भेउ नपाएपनि उनीहरुले भनेजस्तै व्यवस्थित शहरकोरुपमा धरान कस्तो हुनुपर्छ भनेर धरान ८, तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरुले नमुना (मोडल) बनाएका छन् । यसलाई उनीहरुले ‘इम्प्रुप सिटि धरान’ अर्थात् सुधारिएको व्यवस्थित शहरको नाम दिएका छन् । यो मोडल सिभिल इञ्जिनियरिङ दोस्रो, तेस्रो र कम्प्युटर इञ्जिनियरीङ दोस्रो बर्षका ५ जना विद्यार्थीहरु मिलेर तयार गरेका हुन् । यस्तै, सिभिल इञ्जिनियरीङकै दोस्रो बर्षका ६ जना विद्यार्थीहरुले बढ्दो सहरीकरण, जनसंख्या र सवारी चापलाई मध्यनजर गर्दै इटहरीको मुख्य चौबाटो चोकमा फ्लाईओभर ब्रिज मोडल बनाएका छन् । उनीहरुले यो दुवै मोडललाई तीन दिनसम्म क्याम्पसको खेल मैदानमा आयोजित प्रदेशस्तरीय इञ्जिनियरीङ तथा इन्डष्ट्रियल एक्स्पोमा प्रर्दशनीमा राखेका थिए ।

एक्स्पो अवलोकनकर्ताहरुले विकासका यी दुवै मोडललाई अत्यधिक चासोका साथ हेरेका थिए । तर, सरोकारवाला सरकारी निकाय, उपमहानगरपालिका र जनप्रतिनिधिहरु भने विकासको यो मोडल हेर्न एक्स्पोस्थल पुगेनन् । देशमा कसरी औद्योगिक विकास गर्न सकिन्छ भन्ने देखाउन विद्यार्थीहरुको अवधारणा हेर्न विकासको योजनाकार मानिएका सरकारी कार्यालयका इञ्जिनियरहरु पनि सायदै पुगे । ‘म त विद्यार्थीहरु लिएर आएको थिए, धेरै प्रभावित भए । दीर्घकालीनरुपमा व्यवस्थित धरान कसरी बनाउन सकिन्छ भनेर हेर्न पाए । धरानको भविष्यको लागि यो मोडल मार्गदर्शक हुनसक्छ,’धरान १५ स्थित चिल्ड्रेन्स एकेडेमीका शिक्षक महेन्द्र तामाङले भने ।

के छ इम्प्रुभ सिटि धरानमा?

इम्प्रुभ सिटि धरानको मोडल सिभिल इञ्जिनियरीङ तेस्रो बर्षका अनिल नेपाल, दोस्रो बर्षका नवनित तिवारी, गिरीधार कोइराला, नविन पौडेल र कम्प्युटर इञ्जिनियरीङका जोनिस सिलवालको टिमले तयार गरेको हो । उनीहरुलाई आर्किटेक निराकार श्रेष्ठले पनि साथ दिएका छन् । उनीहरुले धरानको विभिन्न क्षेत्रमा करिब २० दिनसम्म स्थलगत अध्ययन गरेर यो मोडल बनाएका हुन् । विद्यार्थीहरुले सबैभन्दा बढी सम्भावना बोकेको पर्यटनको विकास कसरी गर्न सकिन्छ भनेर जोडदिएका छन् । उनीहरुले चिण्डे(रमिते)डाँडामा अफ सिजनमा प्याराग्लाइडिङ नहुने भएकोले कार्कीछाप हुदै विष्णुपादुका मन्दिर जोड्ने ट्रेकिङ वा हाइकिङ रुट निकालेका छन् ।

यस्तै, विष्णुपादुकाको पकुवा खोलाको खोचमा ग्लास ब्रिज(सिसाको पुल) निर्माण गर्ने अवधारणा पनि राखेका छन् । यो मोडलको पुल पछिल्लो समयमा चीनमा बनाइएको छ । जुन पर्यटकीय गन्तव्य बनेको छ । चीनको यो पुल निर्माण गर्न ३४ करोड लगानी भएको विद्यार्थीहरुको भनाई छ । ‘त्यो धेरै ठुलो र लामो छ, यहाँ सानो भएकोले लगानी पनि थोरै नै हुन्छ,’नवनित तिवारीले भने,‘यहाँ पनि सर्वे गरेर बनाउन सकिन्छ ।’ धरानमा बेला बेला केवलकारको चर्चा खुब हुने गर्छ । यी विद्यार्थीहरुले पिण्डेश्वर विद्यापिठको खाली जग्गाबाट भेडेटार नाम्जे निकाल्ने गरी केवलकार चलाउन सकिने मोडल बनाएका छन् । एरियल भ्युबाट हेर्दा ६.४ किलोमिटर लामो दुरी भएपनि रोप वे चलाउदा झनै कम दुरी हुन्छ । यसको लागि डिटेल सर्वे आवश्यक पर्ने विद्यार्थीहरु बताउछन् ।

धरानको फोहोरलाई व्यवस्थित गर्न विद्यार्थीहरुको टिमले धरानको वसन्तटार र पानवारीलाई एग्रो हब बनाउनुपर्ने प्रस्ताव गरेका छन् । यसबाट कृर्षि क्षेत्र विस्तार हुने र फोहोरको उचित व्यवस्थापन गर्न सकिने उनीरुको मोडल छ । वसन्तटारको अग्र्यानिक खेती विस्तार गरी भर्टिकल, एरोपोनिक र हाइड्रोपानिक फार्मिङ लगाउनुपर्छ । पानवारीमा कम्पोष्ट म्यानर प्लान्ट राखेर धरानको कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्न सकिने विद्यार्थीहरुको योजना हो । ‘प्लाष्टिकजन्य फोहोरलाई धरानको औद्योगिक क्षेत्रको प्लाष्टिक उद्योगहरुमा खपत हुन्छ, अहिले पनि ती उद्योगहरुले कवाडीबाट प्लाष्टिक खरीद गरेर काम चलाइरहेको छ,’अर्का विद्यार्थी नविन पौडेलले भने,‘फोहोरको पनि उचित व्यावस्थापन हुन्छ, र धरान एग्रो हब पनि बन्छ ।’

तीनकुने सुन्दर वस्ती विकास आयोजनामा बसपार्क सार्न सकिए बजार र भित्री सडकमा सवारी चाप कम हुने भएकाले सिटि ट्रम चलाउन सकिन्छ । विजुलीबाट चल्ने ट्रम गुड्न फलामको लिक भएपनि ट्रेन होइन, तर बस पनि होइन । लिक हुदै अन्य सवारी पनि गुड्न सक्छन् । २ वटा बसको क्षमता हुनाले सवारी चाप ज्यादै कम हुन्छ । यो सिटि सफारी र टेम्पोको उचित विकल्प हुनेछ । ट्रम सञ्चालनमा ल्याउदा धरान १७ स्थित प्रस्ताविक एयरपोर्ट, धरान १३ स्थित जानकी चोक, धरान ३ स्थित चीनीया चोक, धरान १५ स्थित महादेव चोक र धरान ८ स्थित आयोजनास्थलको बसपार्क मुख्य स्टेशन हुनेछ । ‘यो हाम्रो रिङ रोडकै कन्सेप्ट हो, ट्रमलाई अहिलेकै सडकमा चलाउन सकिन्छ । पर्यटन विकासको हिसाबले यो अत्यन्तै उपयुक्त हो,’गिरीधार कोइरालाले भने ।

बसपार्क सरेपछि भानुचोकमा पैदल यात्रीलाई अण्डरग्राउण्ड सब वे बनाउन सकिन्छ । सतहमा भने भानुचोक चारैतिर हरियाली, वगैचासहितको फ्रि वाकिङ स्ट्रिट बनाउनुपर्ने विद्यार्थीहरुको मोडलमा छ । यस्तै, ग्यासको पाइप, विजुजीको तार, टेलिफोन सबैलाई जमिनमुनिबाट लैजानसकिन्छ । चारकोसे जंगलको जैविक विविधतालाई जोगाउन फेन्सिङ(तारबेरा) गर्नुपर्ने उनीहरुको सुझाव छ । यस्तै, सर्दु र सेउतीको कटान रोक्न तटबन्ध बनाउने, सेउतीबाट वाइपास सडक निकाल्ने र तीनकुनेबाट पुरानो घोपा क्याम्प जाने बाटोलाई सर्दु खोला नजिकै निकालेर मध्यपहाडी राजमार्गसँग जोड्नुपर्ने विद्यार्थीहरुको विकासको मोडलमा उल्लेख छ । ‘सहरीकरण, जनसंख्या बढ्दै जान्छ, अहिल्यै ध्यान दिनसके मात्र धरानको दिगो विकास र व्यवस्थित शहर हुन्छ,’तेस्रो बर्षका अनिल नेपालले भने,‘यहाँ हामीले गर्न सक्ने कुरा मात्र राखेका छांै, गर्न सकिन्छ ।’

इटहरीमा फ्लाई ओभर ब्रिज

पछिल्लो बर्षहरुमा इटहरी आवासिय र व्यापारिक केन्द्रको शहरकोरुपमा तीब्र गतिमा विकास भइरहेको छ । इटहरी मुख्य चोकमा उत्तर दक्षिण कोशी राजमार्ग र पुर्वपश्चिम महेन्द्र राजमार्ग जोडिन्छन् । बढ्दो सहरीकरण, जनसंख्या वृद्धिसँगै सवारी चापले इटहरी मुख्य चोक(चौबाटो) पार गर्न निक्कै गाह्रो हुन्छ । यही ट्राफिक समस्यालाई मध्यनजर गर्दै सिभिल इञ्जिनियरीङ दोस्रो बर्षका विद्यार्थीहरु अभिषेक बुढाथोकी, अच्युत शर्मा पौडेल, चरण नेपाली, भिषण भण्डारी, अलिसा मास्के र वन्दाना जगुरेलले फ्लाई ओभर ब्रिज मोडल तयार गरेका छन् ।

उनीहरुको यो मोडलअनुसार पुर्वपश्चिम राजमार्ग ८ लेनको हुन्छ । जसमध्ये ४ लेन सिधै पुर्वपश्चिम जाने सवारी मात्र हुन्छ भने धरान र विराटनगर जानुपर्ने गाडी फ्लाई ओभरबाट सहजै जान सक्छ । अहिले जस्तो धरान वा विराटनगर जानुपर्ने गाडीहरु घुमि रहनुपदैन । ती गाडीहरु फ्लाई ओभरबाट आफ्नै साइडबाट सहजै जान्छन् । कोशी राजमार्ग पनि ४ लेनको फ्लाई ओभर नै हुन्छ । आवश्यकता अनुसार मुख्य चोकमा ८ लेन बनाएर पर्तिर पुर्वपश्चिम राजमार्गलाई कम गर्न पनि सकिन्छ । ‘यो मोडल विदेशतिर मात्र एप्लाई गरिएको छ, अहिले काठमाण्डौं कलंकीमा पनि बन्दैछ । इटहरीमा त यो एकदमै उपयोगी हुन्छ । ट्राफिक जाम हुदैन, भविष्यमा यस्तै प्mलाई ओभर नबनाई हुन्न,’वन्दना गजुरेलले भनिन् । सबै तस्विर रोहित राई/नागरिक

 

प्रकाशित: २८ पुस २०७४ १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App