७ वैशाख २०८१ शुक्रबार
समाज

प्रधानन्यायाधीशले आफ्नो बेञ्चमा मुद्दा राखेनन्

फाइल तस्विर:नागरिक

काठमाडौ– डा. गोविन्द केसीविरुद्ध मानहानीको मुद्दामा उमेर र शैक्षिक प्रमाणपत्रको आधिकारिकता विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले शुक्रवार आफ्नो बेञ्चमा कुनै पनि मुद्दा राखेका छैनन् ।
सर्वोच्च अदालतको शुक्रवारको पेशी सूचीमा प्रधानन्यायाधीशको बेञ्चमा कुनै पनि मुद्दा परेका छैनन् । सामान्यतः मुद्दाको पेशी प्रधान न्यायाधीशले नै तोक्ने परम्परा छ ।
शुक्रवारका लागि नौ वटा बेञ्च तोकिएका छन् । शुक्रवारको पेशी सूची अनुसार भ्रष्टाचार सम्बन्धी मुद्दा न्यायाधीशहरु हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, शारदाप्रसाद घिमिरे र डम्बर बहादुर शाहीको बेञ्चमा राखिएका छन् । जग्गा विवाद सम्बन्धी मुद्दा मिरा खड्का र प्रकाशमान सिंह राउतको बेञ्चमा राखिएको छ । करसम्बन्धी मुद्दा आनन्द मोहन भट्टराई र तेजबहादुर केसीको बेञ्चमा राखिएको छ । कानुन व्यवसायीहरुले प्रधान न्यायाधीशले आफ्नो बेञ्चमा कुनै पनि मुद्दा नराख्नुलाई अर्थपूर्ण रुपमा लिएका छन् । 

 

प्रकाशित: २८ पुस २०७४ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App