७ वैशाख २०८१ शुक्रबार
कला

हिन्दी दिवसमा कविता र पत्रिका लोकार्पण

काठमाडौं– विश्व हिन्दी दिवसको अवसर पारेर राजधानीमा तीन कविता संग्रह तथा हिन्दी पत्रिकाको लोकार्पण गरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासले त्रिभुवन विश्वविद्यालयको हिन्दी विभागसँग सहकार्य गर्दै आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, भारतीय राजदूत मंजीव सिंह पुरीलगायतले संग्रह र पत्रिका लोकार्पण गरेका थिए ।

कार्यक्रममा मन्त्री देवले भारत र नेपालको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउनका लागि हिन्दी भाषाको भूमिका महत्वपूर्ण रहेको बताए । ‘हिन्दी भाषाले भारत र नेपाललाई एकापसमा जोड्दछ ’ उनले भने । भारतीय राजदूत पुरीले भारतीय संस्कृतिको संरक्षणमा हिन्दीको भूमिका र विभिन्न क्षेत्र तथा समाजलाई जोड्नले यसले पुर्याएको महत्वबारे प्रष्ट्याए । ‘हिन्दी दुई देशका जनतालाई आपसमा जोड्ने एउटा महत्वपूर्ण कडी पनि हो ’ उनले भने । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाचन गरेका थिए ।

कार्यक्रममा भारतीय सांस्कृतिक केन्द्र काठमाडौंका कलाकारले आफ्नो सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रमको अन्त्यमा गरिएको कवि सम्मलेनमा २० कविले आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका करिब २ सय हिन्दीका लेखक, कवि, पत्रकार र दूतावासका कर्मचारीको सहभागिता थियो ।

 

प्रकाशित: २८ पुस २०७४ ००:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App