७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चीनले अफगानिस्तानमा सैन्य वेश क्याम्प खोल्ने

बेइजिङ – चीनले सीमा क्षेत्रमा उग्र नक्सलवादीको घुसपैठ रोक्न अफगानिस्तानको बादाख्सन प्रान्तमा आतंकवाद विरोधी सैन्य वेश क्याम्प खोल्ने भएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अफगानिस्तानको रक्षा मन्त्रालयका जनरल दौलत वाजिरीले आतंकवाद विरोधी वेश क्याम्प भवन निर्माणका लागि चीनले आर्थिक सहयोग उपलब्ध गराउने बताए। उनका अनुसार उत्तरी अफगानिस्तानको बादाख्सानमा क्याम्प निर्माण गर्नका लागि ठाउँ समेत निर्धारण गरिएको छ।

‘वेश क्याम्प खोल्न चीनले सबै सामग्री र प्राविधिक खर्च व्यहोर्ने र हतियार तथा सैनिकका लागि पोशाक (बर्दी), सैन्य उपकरण र आवश्यक अन्य सबै कार्यमा सहयोग गर्छ,’ जनरल वाजिरीले भने।

अफगानी रक्षामन्त्री तारिक साह बहरामीले गत महिना चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी चाङ्ग वानक्युवान र केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष स्यु क्युलियाङ्गसँग भेट गरी बादाख्सनमा वेश क्याम्प निर्माण गर्ने निर्णय लिएका थिए। 
भेटमा सैन्य आयोगका उपाध्यक्ष स्युले चीन आतंकवादविरोधी क्षेत्रका लागि सैन्य आदान प्रदान र व्यवहारिक सहयोग बढाउन तयार रहेको बताएका थिए। दुई देशको सुरक्षा सहयोगले चीन–अफगानिस्तान रणनीतिक साझेदारीमा योगदान दिइरहेको उनको भनाई थियो।

बहरामी र चिनियाँ रक्षामन्त्री वानक्युवानबीच आतंकवादविरोधी आधार क्षेत्र (वेश क्याम्प) बादाख्सनमै सिमित नराखी पुरै उत्तरी अफगानिस्तानमा विस्तार गर्ने सहमति भएको एफएनएले जनाएको छ।

प्रकाशित: २७ पुस २०७४ १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App