"

मेक्सिकोको सीमामा पर्खाला लाउनुपर्छ : राष्ट्रपति ट्रम्प

बिहिबार, २७ पुष २०७४, १७ : २४ एजेन्सी


वासिङ्टन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नो पुरानो कार्यक्रम यथावत नै रहेको बताएका छन्। 

उनले हाल रिपब्लिकन र डोमोक्र्याटहरूबीच भइरहेको वार्तामा पनि आफ्नो यो एजेण्डालाई कानुनकै रुपमा राख्न निर्देशन दिएका छन्। हाल उनीहरुबीच आप्रवासन सम्बन्धी वार्ता भइरहेको छ। 

उक्त आप्रवासनसम्बन्धी वार्तामा मेक्सिकोसँगको सीमामा पर्खाल लगाए विषयलाई पनि कानुनका रुपमा नै राख्न उनले सो आग्रह गरेको बताइएको छ। 

गएको मङ्गलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एकजना अधिकारीले सीमा सुरक्षामा कदम चाल्नु महत्वपूर्ण भएको भए पनि मेक्सिकोको सीमामा लगाउने भनिएको पर्खालको बारेमा भने तत्कालै कुनै पनि सम्भावना नरहेको सङ्केत गरेका थिए। 

उनको सो प्रतिक्रियापछि बुधबार मात्र राष्ट्रपति ट्रम्पले उक्त सीमा पर्खालबारे आफ्नो कार्यक्रममा रहेको र सो कार्यक्रम आफ्नो प्राथमिकताबाट कहिल्यै पनि नहट्ने पनि जानकारी दिएका हुन्। 

यसअघि केही अवैध आप्रवासीलाई संरक्षण दिने एउटा कार्यक्रम बन्द गर्न आफूले राखेको प्रस्तावमा अदालतले अंकुश लगाइदिएपछि राष्ट्रपति ट्रम्पले अमेरिकी न्याय प्रणाली कमजोर र अनुचित भएको बताएका थिए। 

उनले अवैध आप्रवासीलाई अमेरिकाबाट निकाल्नुपर्ने भनी बनाइएको प्रस्तावमा कैयौँ पटकसम्म सरकारी तथा अदालती झमेला खेप्नुपरेको छ। 

त्यस्तै उनले मेक्सिकोसँग लगाउने भनेको पर्खालको विषयमा पनि विभिन्न प्रकारका विरोधी टिप्पणी आउने गरेका छन्। यस विषयमा यो असम्भव भन्दै उनको विरोध हुने गरेको छ। 

तर पनि त्यस विषयमा राष्ट्रपति ट्रम्प भने अडिग रहेका छन्। उनले उक्त कार्यक्रम आफ्नो राष्ट्रपतिको निर्वाचनकै एजेण्डा भएकोले गरेरै छोड्ने बताएका छन्। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

प्रियंकाको फिस १२ करोड

प्रियंकाको फिस १२ करोड

हलिउडमा संघर्षरत अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक मागेकी छिन्। अमेरिकी गायक निक जोनससँग प्रेम सम्बन्धका कारण...

गीतको ८ वर्षमै बालकथा संग्रह

गीतको ८ वर्षमै बालकथा संग्रह

कथाको किताव निकाल्नको लागि अलि उमेर ढल्दै जानुपर्छ भन्ने आम मानिसको सोचाइलाई गलत सावित गरिदिएकी छिन् आठ बर्षकी गीत पछाईले।

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियोकै...

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा महानायकको सम्मान पाएका अमिताभ बच्चन पछिल्लो ४९ वर्षदेखि फिल्मी उद्योगमा सक्रिय छन्। ७५ वर्षको उमेरमा पनि उनको उर्जा नयाँ...