८ वैशाख २०८१ शनिबार
खेल

काराबाओ कपमा चेल्सी र आर्सनल बराबरी रोकिए

इङल्याण्ड – काराबाओ कप फुटबलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । बुधबार राति चेल्सीको घरेलु मैदानमा सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा दुवै टोलीले पाएका केहि मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउँन बाध्य भए ।
खेलमा चेल्सीले आर्सनलको पोस्टमा ६ पटक पोस्ट आक्रमण गरेको थियो भने आर्सनलले चेल्सीको पोस्टमा ३ पटक धावा बोलेको थियो । पहिलो लेगमा बराबरी भएसँगै दुवै टोलीको फाइनलमा पुग्ने सम्भावना कायमै रहेको छ ।

स्टामफोर्ड ब्रिजमा बल पोजिसनमा चेल्सी अगाडी रहेपनि आर्सनलमाथी जित निकाल्न भने सकेन् । सेमिफाइनलको दोस्रो लेग आगामी जनवरी २४ मा आर्सनलको मैदानमा हुनेछ ।
 

प्रकाशित: २७ पुस २०७४ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App