"

मोडरिचले तिरे १ करोड युरो

बिहिबार, २७ पुष २०७४, ०६ : ४१ नागरिक


मड्रिड एए– कर छलीको मुद्दा खेपिरहेका रियाल मड्रिडका मिडफिल्डर लुका मोडरिचले १ करोड युरो जरिवाना तिरेको स्पेनी अधिकारीहरूले बताएका छन् । स्पेनी अधिकारीले क्रोएसियाका मिडफिल्डर मोडरिचमाथि सन् २०१३ देखि २०१४ सम्ममा लक्जेम्बर्गमा नक्कली क्लब स्थापना गर्दैै १ करोड ४ लाख डलर कर छली गरेको आरोप लगाएका थिए ।
मोडरिचले मंगलबार कर अधिकारीसमक्ष १ करोड युरो बुझाएको  बताइएको छ ।

मोडरिच सन् २०१२ मा टोटेनह्यामबाट मड्रिडमा आबद्ध भएका थिए । स्पेनमा केही वर्षको अवधिमा कर छलीको आरोप खेप्ने मोडरिच पछिल्ला विदेशी खेलाडी हुन् । नोभेम्बरमा मार्सेलोमाथि पनि ४ लाख ९० हजार ९ सय १७ युरो कर छलीको आरोप लागेको थियो ।

यसअघि रियालकै स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि पनि कर छलीको आरोप लागेको थियो । रोनाल्डो जुनमा सन् २०११ देखि २०१४ को बिचमा १४ करोड ७० लाख युरो कर छली आरोपको बयानका लागि अदालत उपस्थित भएका थिए  ।

त्यस्तै बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी र रक्षक ह्याभियर मास्चेरानोमाथि कर छलीको आरोपमा २१ महिनाको जेल सजाय भएको थियो । तर पछि अदालतले मेसीले जेल सजायको सट्टा २ लाख ५२ हजार युरो तिरे पुग्ने निर्णय सुनाएको  थियो ।
 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

असार १५ मा एक्लै ‘ए..सोल्टिनी’

असार १५ मा एक्लै ‘ए..सोल्टिनी’

केही समयअघि गीत र ट्रेलर सार्वजनीक गरिएको ‘ए सोल्टिनी’ फिल्मको प्रदर्शन मिति तय भएको छ। निर्देशक निमा लामा तामाङले आफ्नो...

गायिका भूमिकामा अालिया

गायिका भूमिकामा अालिया

आलिया भट्टका फ्यानले आलियालाई धेरै पल्ट गाएको सुनेका छन्। आलियाले ‘हम्टी शर्मा कि दुल्हनियाँ’मा गाएको ‘समझाँवा’ त सुपरहिट नै भएको...

‘महाराज जार काट्न पाइन्छ?’

‘महाराज जार काट्न पाइन्छ?’

तामाङ समुदायमा जंगबहादुर राणासँग जोेडिएको एउटा किवंदन्ती छ। किवंदन्ती अनुसार एक जना तामाङ युवक उनका दरबारमा पुगेर जंगबहादुरलाई सोध्छन् ,...

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

हाइकिङ विज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा विमोचन गरिएको छ। पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे...