coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

चिनियाँ क्लबलाई संघको चेतावनी

सांघाई – चिनियाँ सुपर लिग (सिएसएल) का दुई टोली बोरुसिया डर्टमन्डका स्ट्राइकर पिरे इमेरिक औबामेयाङलाई भित्र्याउन हानाथाप गरिरहेको समाचार सार्वजनिक भएपछि चीनको फुटबल संघ (सिएफए) ले सरुवा नियम मिचे कारबाही गर्ने चेतावनी दिएको छ ।
सिएसएल च्याम्पियन ग्वान्झाउ इभरग्रान्डेले औबामेयाङका लागि प्रतिद्वन्द्वी बेइजिङ गुओनसँग हानाथाप गर्दै ७ करोड युरोको प्रस्ताव राखेको खबर सार्वजनिक भएको थियो । स्थानीय युवा प्रतिभामाथि क्लबहरूको लगानी होस् भन्ने उद्देश्य राखेर गत वर्ष सिएफएले विदेशी खेलाडी सरुवामा १ सय प्रतिशत कर लगाएको थियो । तर औबामेयाङ ल्याउन दुवै क्लब जरिवाना तिर्न वा अन्य कुनै बाटो खोज्न तयार रहेको बताइएको छ ।

एभरग्रान्डेले औबामेयाङको नाम नलिईकनै उनलाई भित्र्याउन खोजेको समाचारमा सत्यता नभएको बताएको छ । सिएफएले पनि क्लबहरूलाई चेतावनी दिने क्रममा गाबोनका २८ वर्षे स्ट्राइकर, एभरग्रान्डे र गुओनको नाम लिएको थिएन ।
‘दुई क्लबहरू एउटा सरुवाका लागि आपसी प्रतिस्पर्धामा छन् भन्ने विषय सामाजिक चासोको विषय बनेको छ,’ सिएफएले विज्ञप्तिमा लेखेको छ, ‘सम्बन्धित क्लबसँग स्पष्टीकरण मागिसकिएको छ । दोस्रो चरणको अनुसन्धानमा नियम मिचिएको पाइए सिएफएले यसलाई गम्भीर रूपमा लिँदै नियमअनुसार कारबाही गर्नेछ ।’

प्रकाशित: २७ पुस २०७४ ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App