८ वैशाख २०८१ शनिबार
कला

आना र रसीलाई उपाधि

काठमाडौं – राजधानीको एकै मञ्चमा विवाहित र अविवाहित महिलाबीच भएको सौन्दर्य प्रतियोगितामा ‘मिसेस नेपाल टुरिजम २०१८’को उपाधि आना आचार्य र ‘मिस टिन टुरिजम २०१८’को उपाधि रसी सुवेदीले जितेका छन् ।
मिसेस नेपाल टुरिजमकी प्रतियोगी काठमाडौं मेडिकल कलेजकी डाक्टर तथा फार्माकोलोजीको लेक्चरर नयाँ बानेश्वरकी आना ‘बेस्ट स्किन’ बनिन् ।

प्रतियोगितामा ‘मिसेस नेपाल टुरिजम’ तर्फ रेडियो नेपालकी सञ्चारकर्मी सन्तु श्रेष्ठ ‘फस्ट रनर्सअप’ र ‘बेस्ट पर्फमर’, कुसुन्तीकी अनिका दाहाल ‘सेकेन्ड रनर्सअप’ र ‘बेस्ट स्पिच’ तथा छाउनी अस्पतालकी चिकित्सक सामाखुसीकी राधिका सापकोटा ‘थर्ड रनर्सअप’ र ‘मस्ट ट्यालेन्ट’ बने ।

विधागततर्फ प्रतियोगितामा तिलक्ष्मी भण्डारी ‘मस्ट पपुलर’ र ‘भ्युवर्स च्वाइस’, रेसु श्रेष्ठ ‘मिसेस क्याटवाक’ र ‘फेसबुक च्वाइस’, बबिता थापा गजुरेल ‘बेस्ट हेयर’, मनीषा अधिकारी ‘मस्ट फोटोजेनिक’, माया बुढा ‘बेस्ट स्माइल’, स्वीटि मानन्धर ‘बेस्ट पर्सनालिटी’, अन्जली श्रेष्ठ ‘बेस्ट फिजिक’, पवित्रा आले मगर ‘मिसेस कन्जिनालिटी’, लालमती थापा मगर ‘मस्ट डिस्पिलिन’, मोबिना घिमिरे ‘ब्युटि विथ पर्पस’, प्रतिमा केसी ‘मस्ट चार्मिङ’, प्रतिमा गच्छदार ‘बेस्ट डान्स’, सिम्रन सिलवाल ‘सोसियल्ली रेस्पोन्सिवल’, बिन्दु श्रेष्ठ ‘मस्ट एक्टिभ’, मञ्जु अवाले कर्ण ‘मस्ट आइकोनिक आइज’, शिवानी साह बिष्ट ‘बेस्ट आर्ट वर्क’, जस्मिन खनाल ‘बेस्ट फिटनेस’, गीता खनाल ‘मिसेस ब्युटिफुल’, रश्मि शाक्य ‘मस्ट क्रियटिभ’, बबुना पखाली ‘मस्ट इन्टेलेक्चुअल’, अन्जना श्रेष्ठ ‘मस्ट डिजर्भिङ’, सरिता गौतम ‘म्यानेजमेन्ट च्वाइस’, चोकमाया गुरुङ ‘बेस्ट सिंगर’, सम्झना श्रेष्ठ रावत ‘मिसेस बब्लीफेस’, प्रतिमा श्रेष्ठ ‘मस्ट डायनामिक’, सुशिला बुढाथोकी ‘मस्ट फ्रेडन्ली’ र सबिना दुलाल लामिछाने ‘ब्युटी विथ रेस्पोनसिबिलिटी’ बने ।

‘मिस टिन टुरिज्म २०१८’ को उपाधि जितेकी रसी ‘मिस क्याटवाक’ र ‘ब्युटी वीथ प्रपोज’ भइन् । प्रतियोगितामा सम्बिदा ओझा ‘फस्ट रनसअप’, रमीना बिष्ट ‘सेकेन्ड रनसअप’, प्रशंसा पौडेल ‘थर्ड रनसअप’ र ‘बेस्ट स्कीन’ बने ।

विधागततर्फ पुजा गुरुङ ‘मस्ट पपुलर’, प्रन्याहा जोशी ‘बेस्ट हेयर’, स्वेता थापा ‘मस्ट फोटोजेनिक’, रबिना विष्ट    ‘बेस्ट स्माइल’, एलिसा राई ‘बेस्ट फेशन आइकन’, आष्मा खड्का ‘बेस्ट फर्सनालिटी’, शिला कोजु ‘बेस्ट फिजिक’, अन्जीता छन्त्याल    ‘फेसबुक च्वाइस’ र ‘बेस्ट स्पीच’, सुगन्धा चौधरी ‘मिस कन्जिनियालिट’, प्रिया महर्जन    ‘मस्ट डिसिप्लेन’, सम्बिदा ओझा ‘मस्ट चार्मिङ’, पुजा गुरुङ ‘मिस ट्यालेन्ट’, सुमिगा लामिछाने    ‘बेस्ट डान्स’, मेघना महर्जन ‘सोसियल्ली रेसपोन्सीबल’, सञ्चिता भट्टरराई ‘मस्ट एक्टिभ’ र रिया हरिजन ‘मस्ट आइकनीक’ आइज भए ।

प्रतियोगितामा मिस नेपाल उषा खड्गी, गायक आनन्द कार्की, अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, नायक गजित बिष्ट, समाजसेवी बसन्त कुँवर र नेपाल आयल निगमका पूर्व निर्देशक सीताराम पोखरेल तथा शिक्षक एवं संगितकार सरोज प्याकुरेल निर्णायक रहेका थिए । प्रतियोगिताको कोरियोग्राफर अश्विनी झा थिए ।
 

प्रकाशित: २६ पुस २०७४ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App