"

बाग्मतीका नाममा सकियो ६ अर्ब

शनिबार, २२ पुष २०७४, १४ : ४१ खिलक बुढाथोकी  | @KhilakB


एउटा किनारामा कालोपत्रे र अर्को किनारामा कच्ची सडक, दुई सडकबीच बग्दै गरेको लेदोयुक्त दुर्गन्धित पानी। गाडी गुड्दा कच्ची मात्र होइन, कालोपत्र सडकबाट समेत उड्छ, बुङबुङती धुलो। 

गोकर्णदेखि गुह्येश्वरीसम्म करिब पाँच किलोमिटर दूरीको बाग्मती किनारा पार गर्दा देखिने दृश्य हो यो। बाग्मती करिडोरको यो क्षेत्र पार गर्दा सडकमा खाल्डा र धुलो एवं नदीमा लेदो देखिने मात्र होइन, ह्वासह्वासी गन्हाउने दुर्गन्ध समेत भोग्नुपर्छ। 

बाग्मतीका नाममा खर्चिएको यो रकमबाट किनारमा सडक बनाइएको छ भने कतिपय स्थानमा पर्खाल लगाएर तटबन्ध गरिएको छ । नागरिक अभियान सुरु भएपछि अधिकांश स्थानमा नदीभित्रको फोहोर उठाएर किनारामा बिरुवा समेत रोपिएको थियो। 

गोकर्णमा अलिअलि धमिलो देखिने बाग्मतीको पानी पाँच किलोमिटर पार गरेर गुह्येश्वरी पुग्दा लेदोमा परिणत हुन्छ। शनिबारे बाग्मती सफाइ अभियान चोभारतर्फ सर्दै गरेका बेला बाग्मतीकै शिरतर्फ पर्ने गोकर्ण–गुह्येश्वरी क्षेत्रले नै त्यसलाई गिज्याइरहेको देखिन्छ । अझ सफाइका नाममा सुरु गरिएको अभियानले खर्चेको रकमको लेखाजोखा गर्ने हो भने, बाग्मतीले फोहोर पानी सँगसँगै हरिया नोट समेत बगाइरहेको भान हुन्छ। 

बाग्मतीमा सफा र कञ्चन पानी बगाउने भन्दै सफाइ अभियान सुरु भएको २२ वर्ष पुगिसकेको छ । २२ वर्षमा सरकारले मात्रै बाग्मतीका नाममा करिब ६ अर्ब खर्चिसकेको छ । नागरिक समाज, निजी क्षेत्र तथा गैरसरकारी संस्था लगायतको खर्च जोड्ने हो भने यो रकम अझै बढ्ने देखिन्छ। 

गैरसरकारी क्षेत्रबाट बाग्मतीका नाममा भएको खर्चको यकिन विवरण पाउन मुस्किल छ । नागरिकले स्वस्र्फूत रूपमा गरेको श्रमदान मूल्यको त लेखाजोखा नै छैन। 

नागरिक तहबाट २०७० जेठ ५ गतेदेखि प्रत्येक शनिबार बाग्मती सफाइ अभियान सुरु गरिएको हो । अभियानले दुई सय ४१औँ साता पूरा गरिसकेको छ । नागरिक अभियान सुरु हुनुपूर्व नै सरकारले बाग्मतीका नाममा बजेट विनियोजन गरेर खर्च गर्न थालेको थियो । तर, बर्सेनि बाग्मतीका नाममा खर्च गरिए पनि यो सफा हुनुको साटो धमिलिँदै गएको थियो । नागरिक अभियानले सुधारको आस जगाए पनि बाग्मतीका नाममा खर्च भएको रकमको अनुपातमा यसको खासै सफाइ भएको भने देखिँदैन। 

सरकारले २०५२ यता बाग्मतीमा कञ्चन पानी बगाउने भन्दै प्रत्येक वर्ष बजेट व्यवस्था गरिरहेको छ । आर्थिक वर्ष २०५२/०५३ देखि २०७३/०७४ सम्ममा सरकारले पाँच अर्ब ९७ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो । त्यसमध्ये पाँच अर्ब ७४ करोड रुपैयाँ भने खर्च भइसकेको छ।

बाग्मतीका नाममा खर्चिएको यो रकमबाट किनारामा सडक बनाइएको छ भने कतिपय स्थानमा पर्खाल लगाएर तटबन्ध गरिएको छ । नागरिक अभियान सुरु भएपछि अधिकांश स्थानमा नदीभित्रको फोहोर उठाएर किनारामा बिरुवा समेत रोपिएका थियो। 

अहिले भने अधिकांश स्थानमा रोपिएका बिरुवा मरिसकेका छन् । सरकारले त्यही स्थानमा अहिले भने दाताको सहयोगमा सौन्र्दयकरण गर्न थालेको छ । बाग्मतीका नाममा ठूलो रकम खर्चिए पनि नदीमा कञ्चन पानी बगाउन भने सकिएको छैन। 

सन् २०१२ मा सुरु भएको बाग्मती सुधार आयोजनाले पनि २०१९ सम्म तीन अर्ब ६० करोड रुपैयाँ खर्च गर्दै छ । गोकर्णदेखि सिनामंगलसम्मको सात किलोमिटरमा  सौन्दर्यकरणका लागि आयोजनामार्फत खर्च गरिने उक्त रकममा एसियाली विकास बैंक (एडिबी)को दुई अर्ब ५५ करोड रुपैयाँ ऋण, ४५ करोड रुपैयाँ अनुदान र ६० करोड रुपैयाँ नेपाल सरकारको रहेको छ। 

हालसम्म आयोजनामार्फत झन्डै ६० प्रतिशत अर्थात् एक अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । गोकर्णदेखि चोभारसम्मको दूरी २८ किलोमिटर छ । यसमध्ये पहिलो चरणमा एडिबीको सहयोगमा सात किलोमिटरलाई सौन्र्दयीकरण गरिँदै छ भने बाँकी २१ किलोमिटर पनि दोस्रो चरणअन्तर्गत सौन्दर्यीकरण गर्ने तयारी छ। 
आयोजनामार्फत भएको खर्च समेत जोड्दा हालसम्म बाग्मतीका नाममा झन्डै साढे सात अर्ब रुपैयाँ खर्च भइसकेको देखिन्छ। 

बाग्मती सफा बनाएर कञ्चन पानी बगाउने उद्देश्यका साथ २०५२ सालमा पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुमगन समिति गठन गरिएको थियो । समितिलाई २०६४ सालमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिमा परिणत गरियो । समितिमार्फत बाग्मती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजना र बाग्मती सुधार आयोजना सञ्चालनमा छन्। 

दुवै आयोजनामार्फत समितिले बाग्मती सफाइ तथा करिडोरमा भौतिक संरचना बनाउन थालेको हो । सरकारले थालेको अभियानको पहिलो चरणमा गोकर्णदेखि पशुपतिसम्मलाई सफा बनाउने कार्यक्रम थियो । कार्यक्रमअुनसार वार्षिक रूपमा सरकारले छुट्ट्याएको बजेटमार्फत नदी नियन्त्रण, नदीको धार परिवर्तन, पैदलयात्री वारपार गर्ने ६ वटा पुल, १४ रोपनी जग्गा अधिग्रहण तथा दुवैतिर पर्खाल लगाउने तथा दुवैतिरको करिडोर सडकमा ढल व्यवस्थाको काम गरेको समितिका उपयोजना प्रबन्धक योेगेन्द्र चित्रकारले जानकारी दिए।

नागरिक तहबाट सुरु भएको सफाइ अभियान एक सय साता पुगेका बेला तत्कालीन मुख्यसचिव लीलामणि पौडेललगायतले गुह्येश्वरीस्थित बाग्मतीको पानीमा नुहाएका थिए । तर, पौडेल चीनको राजदूत भएर गएपछि भने नागरिक अभियान समेत सशक्त हुन सकिरहेको छैन। 

बाग्मतीमा कञ्चन पानी बगाउन धेरै खर्च भए पनि त्यसअनुसारको नतिजा नदेखिएको स्विकार्दै समितिका उपयोजना प्रबन्धक चित्रकारले भने, ‘बाग्मती २०÷३० वर्षदेखि प्रदूषित हुँदै आएको हो, हामीले सफाइ थालेको धेरै भएको छैन, त्यसैले कञ्चन पानी बगाउन नसकिएको हो।’ 

सफाइ थालिएपछि राजनीतिक संक्रमण बढेकाले पनि अभियान समयमै पूरा हुन नसकेको उनले बताए । ‘हामीले आशा धेरै ग¥यौँ, सोहीअनुसार नपाउँदा बाग्मतीमा केही भएन भन्न थालिएको हो,’ उनले भने, ‘विगतको बाग्मती र अहिलेको बाग्मतीमा धेरै परिवर्तन आइसकेको छ, पहिलाकै अवस्थामा बाग्मती फर्काउन हामी प्रयासरत छौँ ।’ 

उनका अनुसार बाग्मतीमा कञ्चन पानी बग्न बाग्मतीसँग जोडिएका अन्य नदीको सफाइ हुनु जरुरी छ । सहायक नदीलाई सफा तथा ढलमुक्त नगरेसम्म बाग्मतीमा कञ्चन पानी देखाउन गाह्रो हुने उनको बुझाइ छ । ‘स्थानीय तहसँग समन्वय गरेर बाग्मतीसँग मिसिन आउने सबै नदीमा ढल मिसाउने कार्य बन्द गराउनेछौँ,’ उनले भने, ‘त्यसपछि भने बाग्मती पहिलाकै कञ्चन अवस्थामा फर्कनेछ।’

यता, नागरिक तहबाट बाग्मतीमा कञ्चन पानी बगाउने उद्देश्यले थालिएको सफाइ अभियानका अभियन्ता भने अभियानपछि बाग्मती धेरै सुधार भएको दाबी गर्छन्।

‘हाम्रो उद्देश्य बाग्मतीमा कञ्चन पानी बगाउनु हो,’ बाग्मती सफाइ अभियानमा संलग्न पूर्वसचिव किशोर थापा भन्छन्, ‘सोहीअनुसार हामीले सफाइ अभियान निरन्तर गरिरहेका छौँ।’  उनका अनुसार दुई सय हप्तामा बाग्मतीस्थित शंखमूलमा नुहाउने उद्देश्य राखिए पनि सफल हुन सकिएन। 

‘शंखमूलमा नुहाउने उद्देश्य सफल हुन नसके पनि बाग्मती देखिएको परिवर्तनमा सन्तुष्ट छौँ,’ थापाले भने, ‘निरन्तर गर्दै जाँदा एक न एक दिन बाग्मतीमा कञ्चन पानी बग्नेमा ढुक्क छौँ।’ 

लामो समयदेखि बाग्मती सफाइ अभियानमा लागिरहेका माधव पुडासैनी पनि नागरिक तहबाट परिवर्तन गरेर देखाए पनि सरकारले त्यसको बेवास्ता गरेको बताउँछन् । उनले भने, ‘हामी निरन्तर रूपमा बाग्मती सफाइ अभियानमा छौँ।’ 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

प्रियंकाको फिस १२ करोड

प्रियंकाको फिस १२ करोड

हलिउडमा संघर्षरत अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक मागेकी छिन्। अमेरिकी गायक निक जोनससँग प्रेम सम्बन्धका कारण...

गीतको ८ वर्षमै बालकथा संग्रह

गीतको ८ वर्षमै बालकथा संग्रह

कथाको किताव निकाल्नको लागि अलि उमेर ढल्दै जानुपर्छ भन्ने आम मानिसको सोचाइलाई गलत सावित गरिदिएकी छिन् आठ बर्षकी गीत पछाईले।

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियोकै...

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा महानायकको सम्मान पाएका अमिताभ बच्चन पछिल्लो ४९ वर्षदेखि फिल्मी उद्योगमा सक्रिय छन्। ७५ वर्षको उमेरमा पनि उनको उर्जा नयाँ...