coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीमा परी ८१ वर्षीय वृद्धको मृत्यु

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका १ अमरपुरमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । घरमा लागेको आगोमा परी ८१ वर्षीय नरबहादुर थुलुङ राईको मृत्यु भएको प्रहरीले जनाएको छ। 

गोठबाट सल्किएको आगोले घर जलाउँदा राईको ज्यान गएको पाँचथरका प्रहरी प्रमुख डिएसपी बामदेव गौतमले जानकारी दिए । घरसँगै जोडिएको गोठबाट आगो सल्किएको अनुमान रहेको गौतमले बताए। 

स्थानियवासी र प्रहरीले आगो नियन्त्रणमा लिएपनि घर जलेर नष्ट भएको छ । सुतिराखेको बेला आगो लागेकाले भाग्न नसकेर राईको  मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले लगाइएको छ । आगो कसरी लागेको हो भन्ने बारे बुझ्न प्रहरी इक्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । 

प्रकाशित: २१ पुस २०७४ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App