६ वैशाख २०८१ बिहीबार
खेल

रंगशाला छिर्नको लागि परिचयपत्र

पोखरा रंगशाला निर्माणाधिन प्रवेशद्धार । तस्विर: उमेश पुन/नागरिक

पोखरा–पोखरा रंगशालालाई व्यवस्थित बनाउनको लागि प्रवेश परिचयपत्र कार्डको व्यवस्था गरिने भएको छ । अहिले रंगशालाको पूर्वाधार निर्माणको काम पनि भइरहँदा सामान्य मान्छे पनि जाने र चोरीका घटना घट्ने हुँदा कार्ड सिस्टमको सुरु गर्न थालिएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले विशेष गरी मर्निङवाक गर्न आउनेहरुको लागि परिचयपत्र बनाउनपर्ने देखिएको बताए । ‘प्लेयरहरुको लागि पैसा लिने होइन मर्निङवाक गर्नेहरुलाई वार्षिक कति पैसा लिने भन्ने छलफल हुँदैछ,’ उनले भने, ‘मर्निङवाक गर्नेले वार्षिक रुपमा बढीमा ५ सय लिनेकि भन्ने कुरा भैरहको छ । अहिले रंगशाला घुम्न आउने भन्दा पनि मर्निङ वाक धेरै जाने गरेको पाइन्छ ।’ रंगशाला भित्र छिरेर दिनभर घाम ताप्ने, चउरमा जोडीहरु बस्ने, लब पार्क जस्तो भएको हुँदा यसलाई हटाउनको लागि परिचय पत्र लागु गर्न लागिएको पौडेलले प्रस्टाए ।

‘गेटवरपर व्यवस्थित जाली लगाउँदैछौं, गेटमा गार्डको व्यवस्था हुँदैछ । अहिले समस्या भनेको गेटमा गार्ड राख्नु हो,’ पौडेलले भने, ‘गार्डको लागि खेलकुद परिषदसँग कुरा भएको छ । दुईवटा गार्ड दुई सिफ्टमा १२/१२ घण्टाको लागि आवश्यक पर्ने गर्छ । उनीहरुले रंगशाला छिर्ने गेटमा कार्ड चेक गर्नेछन् ।’ पौडेलका अनुसार यो व्यवस्था छिट्टै स्विकृत भएसँगै बैशाखभित्र लागु हुनेछ ।

कार्ड सिस्टम कत्तिको व्यवस्थित बन्छ होला त ? अध्यक्ष पौडेलले भने, ‘कार्ड सिस्टम व्यवस्थित हुन्छ, प्लेयरहरु र समितिका पदाधिकारीहरु बाहेक अरु सामान्यतया आउँदैनन् ।  मिडियाको लागि प्रेस सेन्टर छदैछ समस्या भएन् । अरु काम नभएका घाम ताप्न आउन पाएनन रोक्न पनि तिनैलाई खोजेको हो । तिनिहरु आएपनि कार्ड देखाउन पर्छ ।’

परिचयपत्रको लागि एक सय रुपैयाँ लाग्नेछ । त्यसको लागि प्लेयरहरुको क्षेत्रीय खेलकुद समितिले कार्ड बनाइदिनेछ भने अरु खेल खेल्न आउने ¥याङकिङ प्लयेर नहुनेलाई संघहरु वा उनीहरु व्यक्तिगत पैसा तिरेर कार्ड बनाउनुपर्ने पौडेलले जानकारी दिए ।

परिचयपत्रको लागि जिल्ला खेलाडी संघ कास्कीका अध्यक्ष एवं जिल्ला खेलकुदका कोषाध्यक्ष दीपक गोदारको संयोजकत्वमा रंगशाला कार्ड समिति तय भएको छ । परिचयपत्रले व्यवस्थाले जोपायो त्यही रंगशालाभित्र छिर्न नपाउने गोदारले बताए । रंगशालाभित्र खेलभन्दा पनि बाहिरी बिक्रिति फैलिएको हुँदा परिचत्रपत्रको व्यवस्था गर्न लागिएको उनले बताए । ‘खेलाडी मात्र नभई अन्य व्यक्तिहरु जस्तै सुई हान्ने, गाँजा खाने, झैझगडा हुने घटना हुन थाले,’ उनले भने, ‘तस्करी गरेर रंगशालामा लुकाउने स्थल बन्ने डर हुन थाल्यो त्यसैलेपनि यो व्यवस्था गर्न लागेका हौं ।’

यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको लेवल पनि छुट्याउन सकिने गोदारले बताए । रंगशाला खेलकुद र खेलाडीको लागि उर्वराभूमि भएकोले यसका संरक्षण गर्नुपर्ने उनले औल्याए । करिब ४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशाला भित्र हाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै पूर्वाधार निर्माण हुन लागेको छ ।

 

प्रकाशित: २० पुस २०७४ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App