"

हलेसी आगलागी अपडेट: चार घरमा पूर्ण र तीनमा आंशिक क्षती

मङ्गलबार, १८ पुष २०७४, २२ : ३९ दमन राई


खोटाङ – खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भएको आगलागीमा चार घरमा पूर्ण र तीनमा आंशिक क्षती भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राती साढे सात बजेपछि सुरु भएको आगोले मगम सहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर पूर्णरुपमा क्षती पुगेको छ । यस्तै, प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राई लगायतको घर, पशल तथा होटलमा आंशिक क्षती पुगेको प्रहरीले जनाएको छ । आगोले एउटा टहरा समेत नष्ट भएको छ । करिब तीन घण्टामा आगो नियन्त्रणमा आए पनि क्षतीको बिस्तृत बिवरण आउन बाँकी छ । आगलागीको कारण खुलेको छैन । 

अग्नी रेखाकारुपमा बस्तीबीचकै घर भत्काएर आगो नियन्त्रणमा लिइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । प्रकाशचन्द्र र रेगिन्द्रको घर आगो फैलिनबाट रोक्नका लागि भत्काइएको हो । हलेसी बजारलाई थप क्षतीबाट जोगाउनका लागि घर भत्काउन र आगोमा माटो हाल्न जेसिभि समेत घट्नास्थलमा लगिएको मेयर राईले बताए । इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेको आगो नियन्त्रणका लागि दिक्तेलबाट नेपाली सेना र शसस्त्र प्रहरी समेत हलेसी पुगेको थियो । 

जयरामतर्फबाट हलेसी आउनेक्रममा मन्दीर प्रबेश गर्ने द्धार नजिकैको क्षेत्रबाट आगो सुरु भएको हो । ग्याँस पड्किन थालेपछि आगो नियन्त्रण बाहिर गएको स्थानीय सन्देश राईले बताए । बाक्लो बस्तीबीचमै आगो सुरु भएपछि हलेसीमा त्रास फैलिएको थियो । आगो सुरु भएपछि घर रित्याएर भागाभाग नै मच्चिएको थियो । सुक्खाग्रस्त क्षेत्रमा भएको आगलागी पानी अभावमा नियन्त्रण गर्न समस्या परेको उद्धारकर्मीले बताएका छन् । ग्याँस लिक भएर आगो सुरु भएको अनुमान गरिएको छ । 
दमकल नपुग्दै आगो नियन्त्रण 
आगो नियन्त्रण बाहिर गएपछि रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट पठाइएको दमकल हलेसी नपुग्दै आगो नियन्त्रणमा आएको छ । लामो बाटो भएकाले दमकल र सुरक्षाकर्मी नपुग्दै आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रण बाहिर गएपछि दिक्तेलबाट राती साँढे ८ बजे दमकल पठाइएको थियो । दिक्तेलबाट हलेसी पुग्न कम्तीमा तीन घण्टा लाग्ने भए पनि आगो नियन्त्रण बाहिर गएकाले दमकल झिकाइएको मेयर राईले बताए । 

 








यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...

नेपाली फिल्मको खराब बोहनी

नेपाली फिल्मको खराब बोहनी

अघिल्लो वर्ष थुप्रै फिल्मले निर्माताकोे गोजी भरेका थिए । थुप्रै नयाँ कलाकारले अभिनयमा सम्भावना देखाएका थिए । यही अपेक्षाका साथ...

ग्ल्याममा ओजस्वीराज र सन्ध्या

एसइइको परीक्षा दिएर बसेका विद्यार्थीको प्रतिभा उजागर गर्न राजधानीमा आयोजना गरिएको ‘मिस्टर एन्ड मिस एसइई ग्ल्याम २०१८’ को उपाधि ओजस्वीराज...

निफसँग चीनको हातेमालो

नेपालमा गत वर्षबाट सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ)’लाई चीनको चलचित्र महोत्सवले सघाउने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक...