८ वैशाख २०८१ शनिबार
समाज

‘केलाङ’ संरक्षणको यो अभियान

केलाङ संरक्षण समाजले विभिन्न ठाँउमा गरेको च्याब्रुङ नाचका प्रस्तुती ।

पाँचथर आउनेलाई के देखाउने ? केले स्वागत गर्ने ? भन्ने वित्तिकै आउछ लिम्बु सस्कृति । टिपिकल सस्कृति देखाउन खोज्दा  लिम्बु जातीको वाहुल्यता भएको जिल्ला भएकाले यहि सस्कृति देखाउने चलनको विकास भएको पाईन्छ ।

विभिन्न किसिमका लिम्बु सस्कृति भएपनि च्याब्रङ नाचा (केलाङ) देखाउन उपयुक्त ठानिन्छ । खुसिको अवसरमा नाचिने केलाङ नाच विभिन्न उत्सव, राजनीतिक कार्यक्रम, विभिन्न दिवसहरु, स्वदेशि तथा विदेशी पाउनाहरुलाई स्वागत गर्नका लागि  देखाईन्छ । सरकारी, गैरसरकारी निकाय, राजनीतिदल, संघसस्थाहरुले आजभोली च्याब्रङ नाँचको प्रयोग बढाएका छन् ।

 

लिम्बु जातीको सस्कृति भएपनि सवैखाले कार्यक्रमहरुमा झाकिँको रुपमा च्याब्रुङ नाँचलाई लिईन्छ । लिम्बु सामाजमा पनि च्याबु्रङ नाच्ने परम्परा विस्तारै घट्दै गएको पाईन्छ । युवाहरुको आर्कषण कम देखिन्छ । विवाह, घरपैचो जस्ता अवसरमा खुसि साटासट गर्दै गीतको भाका नाचिने च्याब्रुङ नाच अचेल सभा सामारोहमा उक्लिएको छ ।

सदरमुकाम फिदिम लगायतका ठाँउमा हुने ठुला सामारोहहरुमा च्याब्रुङ नाचा अनिवार्य रुपमा लिईएको छ । लिम्बु सस्कृति प्रर्दशनिका लागि फिदिममा केलाङ सास्कृतिक समाज खोजिन्छ । च्याब्रुङ  नाचको सरक्षणका लागि यो स्थापना भएको हो । समाग्रि जुटाउने, तालिम दिने र च्याब्रुङ नाच्नेकाममा यो समाज सक्रियता साथ लागेको पाईन्छ ।

यो समाजको मियो हुन मनकुमार केरुङ । सात बर्ष वैदेशिक रोजगारीमा बसेर फर्केपछि उनले च्याव्रङ संरक्षण, प्रवद्र्धन र एकरुपताको अभियान अघि सार्ने प्रयास गरे । यहि प्रयासको क्रममा केलाङ सास्कृतिक समाजको स्थापना भयो । २०७० यता सदरमुकाम फिदिम तथा विभिन्न गाँउगाँउमा हुने सभा, समारोहमा यहि समाजका कलाकारहरु गएर च्याब्रुङ नाच्ने गर्छन ।

अन्य सस्कृति झै च्याब्रुङ नाँच पनि विस्तारै कम हुदै गएको पाईन्छ । सस्कृतिकर्मी भवानी तावाका अनुसार विवाह, घर पैचो तथा खुसिका अवसरमा च्याब्रुङ नाच नाचिन्छ । निक्कै लामो परम्परा बोकेको च्याब्रुङ नाँच लिम्बु समुदायको जनसंख्या अघिक भएका पूर्वी का जिल्लाहरुमा विस्तारै घट्दै गएको पाईन्छ । युवापुस्ताहरुले च्याबु्रङ बजाउन, नाच्न कमैलेमात्र जानेको पाईन्छ । यहि मेसोमा समाजको परिकल्पना भएको हो ।

अचेल धेरै कार्यक्रममा च्याब्रुङ नाँच्न बोलाउने गरेको केरुङ सुनाउँछन् । च्याबु्रङ नाँच्ने सस्कृति देश विदेशकाहरुले देखेको उनको भनाई छ । पूर्व भन्दा वाहिरका र विदेशीहरुले बढि चाख मान्ने गरेको उनको भनाई छ । विदेशीलाई स्वागत गर्ने देखि राजनीतिक दलका कार्यक्रममा समेत निम्तो आउने गरेको उनले सुनाए ।
परम्परागत लिम्बु सास्कृतिक पोशाकमा सजिएका युवा युवतीहरुले च्याब्रुङ बचाउदै नाँच्ने गर्छन ।  केहि जनाले च्याबु्रङ

बजाउने र अरुले च्याब्रुङको तालमा नाँच्ने गर्छ । च्याबु्रङ नाँचका विभिन्न नियमहरु हुन्छन् । केरुङका अनुसार ८४ भन्दा बढि किसिमका नाँच हुन्छन् । च्याब्रुङ बजाउदा गीत गाँउने समेत गरीन्छ । सरलै सर.... भाकामा गीत गाँउने गरीन्छ । तालिम दिएर कलाकारलाई पोख्त बनाइएको छ । सुरुवामा १५ दिने तालिम दिइएको केरुङ बताउँछन् । अहिले फिदिममा कलाकार ४० जना रहेका छन् । एकपल्टमा दश देखि माथि कार्यक्रमहरु हेरेर कालाकारहरु जाने सहभागि हुने गरेको केरुङले बताए ।

‘हामि सबैको कार्यक्रममा जान्छौँ । पार्टीहरुले बोलाउँछन् । संघ सस्थाहरुले । झाकिँहरुमा अब्बल देखाउने प्रयास गरेका छौँ । सुरुमा अलि गारो थियो । अहिले पोशाक, सामाग्रिहरुको जोहो भएको छ’ केरुङले भने ‘ सदरमुकामा एक पल्ट झाँकि देखाउन दश हजार रुपैँया लिन्छौँ । कलाकारहरु थपिदै हुनुहुन्छ । विभिन्न प्रकारका नाच हुने भएकाले मेहनत गर्नु पर्छ । अनेकतामा एकरुप ल्याउनका लागि प्रयास गरीरहेका छौँ ।’

विदेशबाट फर्केपछि च्याब्रङ नाँच संरक्षण तथा प्रवद्र्धन गर्ने योजन अघि सारको उनले बताए । सुरुमा फिदिमका बौद्धिक वर्गले साथ नदिएको उनको भनाई छ । दिदिहरुसँग मिलेर उनले समाज बनाए । सुरुमा १८ जनाको समुह थियो । सानो पैसावाट यो अभियान सुरु भएको थियो । केरुङका अनुसार पाँच सय रुपैँया जम्मा गरीएको थियो सुरुमा । अनी प्रत्येक महिना एक सय रुपैँयाको बचत । केहि महिना यसरी रकम जुटाएर ब्याजमा लगाइयो । यहि ब्याजसँग अरु रकम जुटाएर समाग्रि जुटाएको उनले बताए ।

अहिले १६ वटा च्याब्रुङ जुटाइएको छ । करिव २० जना कलाकारलाई पुग्ने गरी पोशाक रहेका बताए । पुरुष र महिला कालाकार हुन्छन् । पुरुषका लागि दौरा सुरुवाल, टोपफेटा, कोट, स्टाकोट, पटुवा, खुकुरी भिर्ने गर्छन । यि मध्ये केहि पुरुषले च्याबु्रङ बजाउछन । महिला-युवातीले शिरवन्दी, चिम्ती जुनफूल, ढाङ्ग्री, च्याप्टेसुन, रेजी, गुन्यू, चोली, बर्की पटुकी प्रयोग हुन्छ । अहिले पर्याप्त सामाग्रि रहेको केरुङ बताउँछन् । सोझा सोझा किसिमका केरुङले इमान्दारीताका साथ सस्कृति बचाउमा लागेको सुनाउँछन् ।

काठको ढोलमा छालाले च्याब्रुङको कवर लगाइन्छ । च्यावुङ हात र एउटा लठ्ठीमा घङ्टी जोडर बनाइएको अम्लारीफुङ भन्ने सामाग्रिले बजाईन्छ । विभिन्न तालमा च्याबु्रङ बजाईन्छ । तीन देखि चार मिनेटको एकपल्टको प्रस्तुती हुने बताइएको छ । च्याब्रुङ एउटा बनाउन १० देखि १५ हजार रुपैयाँ, एक जना केटाको कपडा जुटाउन १० हजार र केटिको कपडाका लागि २५ देखि ३० हजार खर्च हुने बताईन्छ । जिवतन्तु, चराचुरुङ्गी हिडेको नाचेको लगायतका ताल निकाल्ने गरीन्छ । च्याब्रुङ नाचको कथा निक्कै लामो रहेको सस्कृतिकर्मी राजेन्द्र जवेगु बताउँछन् । जवेगुका अनुसार परापुर्व कालमा घरलाई धमेरावट जोगाउनका लागि च्यावुङ् बचाएर नाँच्न थालेको मुन्धुममा उल्लेख छ । 

गाँउ गाँउमा च्याब्रुङ नाँचलाई संस्थागत गर्नका लागि समाजको शाखाहरु खुलेका छन् । चतुरेबजार, ओयाम, मेमेङ, प्राङबुङ, चिलिङदिन लगायतका ठाँउमा शाखा रहेका छन् । ७० जना आजिवन सदस्य बनेका छन् । यो अभियानलाई निरन्तराता दिदै लैजाने योजना केरुङ सुनाउँछन् । केहि महिना फिदिममा च्याब्रूङ महोत्सव गर्ने तयारी रहेको उनले सुनाए । विभिन्न संघसस्थासँगको  सहकार्य गरेर महोत्वस गर्ने उनको भनाई छ । 

प्रकाशित: १५ पुस २०७४ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App