coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

साेमबार ८९ अंकले घट्याे नेप्से, राेकिएन अाेरालाे लाग्न

काठमाडौँ– धितोपत्र बजारमा हालसम्मकै उच्च गिरावट आएको छ। निरन्तर ओरालो लाग्दै आएको सेयर बजारमा आज करिब ८९ अङ्कले गिरावट आएको हो।

नेपाल स्टक एक्चेन्जकाअनुसार उत्पादन समूह बाहेक अरु सबै समूहको सेयरमा उच्च गिरावट आएको हो। कुल १३० कम्पनीको ११ लाख ६२ हजार ५७१ कित्ता सेयर रु ८७ करोड ९३ लाख ८१ हजार ८११ मूल्य बराबरको कारोबार भएको छ।

स्टकका अनुसार बैङ्किङ ५.५७, होटल २.९३ विकास बैंक ३.७९, जलविद्युत् ४.५२, फाइनान्स ३.५१, बिमा ६.३३ र अन्य समूहको सेयर ३.८७ प्रतिशततले कमी आएको हो। उत्पादन समूहको सेयर मात्रै ०.३४ प्रतिशतले बढेको स्टकले जनाएको छ। स्टकका सहायक प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्से परिसूचक पाँच प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको थियो।

बिहान ११ः०० बजे खुलेको बजारमा अपराह्न १३ः २८ मा सर्किट ब्रेक लागेको पराजुलीले जानकारी दिनुभयो। बजारमा हालसम्मकै उच्च गिरावट आएको र पाँच प्रतिशतले कमी आएपछि सेयर बजारमा कारोबार नै रोकिएको थियो। रासस

प्रकाशित: २४ श्रावण २०७३ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App