coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अमेरिकाबाट मैले जीवन बुझेँ : अभिनेत्री नकर्मी

अशिस्मा नकर्मी, अभिनेत्री

तपाईंलाई मनपर्ने सहर कुन हो ?

 

मलाई मनपर्ने सहर फ्रान्सको पेरिस हो । केही समयअघि म त्यहाँ पुगेकी थिएँ । धेरै पहिलेदेखि पेरिस पुग्ने धोको थियो । आफूलाई मनपर्ने सहर घुम्न पाउँदा ज्यादै खुसी लाग्यो ।  

मैले १० भन्दा बढी देशका सहर घुमेकी छु । अमेरिका, दक्षिण कोरिया, दुबई, पोर्चुगल, नेदरल्यान्ड, बेलायत, मलेसियालगायत मुलुकका सहर रमणीय लागे । त्यहाँ सेवा–सुविधा लिन टाढा जानुपर्दैन ।

कुन–कुन देशका सहर घुम्नुभएको छ ?    
मैले १० भन्दा बढी देशका सहर घुमेकी छु । अमेरिका, दक्षिण कोरिया, दुबई, पोर्चुगल, नेदरल्यान्ड, बेलायत, मलेसियालगायत मुलुकका सहर रमणीय लागे । त्यहाँ सेवा–सुविधा लिन टाढा जानुपर्दैन । सहरभित्रै सबै चिज भेटिन्छन् । नागरिककै जोस–जाँगरले त्यहाँका सहर सुन्दर भएका हुन् । मानिसमा सहर सफा राख्नुपर्छ भन्ने दायित्वबोध छ । हामी सरकारको मात्रै भर प¥यौँ, त्यसैले हाम्रा सहर विकास भएनन् ।

घुमेकामध्ये सबैभन्दा मनपरेको सहर कुन हो ?
मलाई मातृभूमि नेपाल हो भने कर्मभूमि अमेरिका हो । मैले आफ्नो करिअर अमेरिकाबाट सुरु गरेकी हुँ । अमेरिकाले मलाई कर्म गर्न र जीवनयापन गर्न सिकाएको छ । नेपालपछिको प्यारो लाग्ने देश अमेरिका हो । अमेरिका निकै आत्मीय लाग्छ ।

विकसित मुलुकका सहर कस्ता हुने रहेछन् ?
त्यहाँका सबै सहरवासी नियममा चल्छन् । नीति र कानुन पनि बलियो हुन्छ । सुन्दर, सफा–सुग्घर र सुविधाका कारण विदेशका सहर धेरै राम्रा लाग्छन् । म घुमेका मुलुकका अधिकांश सहर सफा छन् । सहर सफा भयो भने सबैको आकर्षणको केन्द्र हुन्छ ।

काठमाडौं कस्तो लाग्छ ?
पहिले–पहिले काठमाडौं धेरै राम्रो थियो । अहिले काठमाडौं अस्तव्यस्त भएको छ । जताततै होहल्ला मात्रै छ । सडक व्यवस्थित छैनन् । मैले सुनेअनुसार २० वर्षपहिले काठमाडौं निकै नै व्यवस्थित र शान्त थियो । अहिले सबैलाई मननपर्ने ठाउँ बनेको छ, काठमाडौं । प्रदूषण र भीडभाडले गर्दा धेरैलाई यो सहर अस्तव्यस्त लाग्छ ।

काठमाडौंबाहेक नेपालको कुन सहर मनपर्छ ?
पोखरा धेरै सुन्दर छ । यो नेपालकै सुन्दर सहर पनि हो । यहाँको सडक फराकिला छन् । यहाँको मौसम र प्राकृतिक सौन्दर्यले पनि धेरैको ध्यान तान्छ । यहाँबाट सेताम्मे हिमाल देख्न पाइन्छ । पहाडको नजिकपर्ने यति सुन्दर सहर विश्वमा सायदै होलान् । पोखरामा रमणीय प्राकृतिक दृश्य, पर्यटकीय मार्ग प्रशस्त छन् । यसबाहेक मुस्ताङ पनि मलाई मनपर्ने स्थान हो ।

तपाईंको विचारमा सहर कस्तो हुनुपर्ला ?

सहर सुविधायुक्त र व्यवस्थित हुनुपर्छ । फोहोर र प्रदूषण कतै भेटिनुहुन्न । स्वच्छ हावा लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो । तर, हाम्रो सहरमा यो अधिकार सरकारले खोसेको छ । यहाँको हावा प्रदूषित छ । महँगीले सहरवासी आक्रान्त छन् । हुनेखानेले मात्रै सहरमा रजाइँ गरेका छन् । गरिबले सहरमा दुःख पाएका छन् । त्यसैले सहरको विकास गर्ने हो भने सडक फराकिलो पार्ने, पार्क निर्माण गर्ने, खानेपानीको बन्दोबस्त मिलाउने, सार्वजनिक यातायातलाई सुधार्ने, सरकारी सेवा–सुविधामा सबै समुदायको समान पहुँच बढाउनेलगायत कामलाई व्यवहारमा उतार्ने हो भने सहर निकै नै व्यवस्थित हुन्थ्यो ।

तपाईंलाई आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
मेरो सपनाको सहर यस्तो होस्, जहाँ मैले चाहेका सेवा–सुविधा सहजै लिन सकुँ । सहरमा हिँड्दा आफूलाई सुरक्षित राख्न सकुँ । अनि, सहरका हरेक चोक व्यवस्थित होऊन् । सहरमा हरियाली देखियोस् । सडक र सार्वजनिक यातायात व्यवस्थित होस् । सहरभित्र आराम गर्ने शान्त ठाउँ होऊन् । यति भयो भने हामीले सहरमा बसेका छौँ भन्न सक्छौँ ।

उपत्यका यति धेरै अव्यवस्थित हुनुको कारण के होला ?
काठमाडौं आफैँमा नराम्रो होइन । यहाँ बस्नेले नै हो काठमाडौंलाई अस्तव्यस्त बनाएको । काठमाडौंले धेरैलाई रोजगार दिएको । धेरैको जीविका धानेको छ । तर, काठमाडौंमा बस्नेले यो सहरको विकासबारे सोचेनन् । सबैले आफ्ना लक्ष्य प्राप्तिको केन्द्र मात्रै बनाएकाले काठमाडौं कुरूप भएको हो । सरकार र आमनागरिक मिलेर पारदर्शी ढंगले विकासमा लाग्ने हो भने काठमाडौं धेरै राम्रो बन्न सक्छ । काठमाडौं अस्तव्यस्त हुनुको मुख्य कारण विकास निर्माण समयमै नसकिनु पनि हो ।

हाम्रा सहर विकसित मुलुकका जस्ता बन्न सक्दैनन् ?
बनाउने हो भने विदेशका भन्दा पनि  सुन्दर बन्न सक्छन् । तर, सहरको विकास गर्छु भनेर सपना बाँडेर काम नगर्ने नेताका कारण हाम्रा सहरको विकास भएन । यहाँको ऐतिहासिक र मौलिक पक्ष विश्वका अरु देशभन्दा भिन्न छ । त्यसैले सहरको विकासप्रति नागरिक पनि अनुशासित हुनुपर्छ । सबैले आफूलाई नियममा बाँध्न सक्नुपर्छ ।

काठमाडौं कसरी सुन्दर बन्ला त ?
पुराना गाडी हटाउने, जथाभावी फोहोर नफाल्ने, सडक फराकिलो पार्ने, सडक किनारमा बिरुवा रोप्नेजस्ता काम गर्ने हो भने काठमाडौं सफा बन्न सक्छ ।

काठमाडौंको राम्रो लाग्ने पक्ष के हो ?
यहाँको हावापानी, मठ–मन्दिर र वरपरका हरियाली डाँडाकाँडा अति नै सुन्दर लाग्छ ।

मननपर्ने पक्ष ?
भीडभाड, ट्राफिक जाम, प्रदूषणलगायत पक्ष सम्झँदा काठमाडौं दिक्कलाग्दो छ ।

काठमाडौंनजिकै घुम्न मनपर्ने स्थान ?
उपत्यकाका दरबार क्षेत्र मनपर्छ । भूकम्पमा ध्वस्त भएका दरबार हालसम्म पनि पुनर्निर्माण नभएको देख्दा दुःख लाग्छ ।

काठमाडौंको मनपर्ने खानेकुरा ?
नेवारी खाना मनपर्छ ।
मन भएर पनि पुग्न नपाएको ठाउँ ?
इन्डोनेसियाको बाली र म्यान्मार पुगेर त्यहाँको संस्कृति जान्ने मन छ ।
पछिल्लो समय पुगेको सहर ?
लन्डन पुगेकी थिएँ । लन्डन ब्रिज हेर्ने सानैदेखि मन थियो । त्यो पूरा भयो ।
 
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १४ पुस २०७४ ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App