६ वैशाख २०८१ बिहीबार
खेल

झापाको विजयी सुरुआत

पाँचथर- अनुभवी खेलाडी लिएर मैदानमा उत्रिएको डिफेन्डिङ च्याम्पियन बिर्ता युनाइटेड क्लब झापाले शनिब्ँर टाइब्रेकरमा मिसन युनाइटेड क्लब ताप्लेजुङलाई हराउँदै विजयी सुरुआत गरेको छ ।
फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबलको निर्धारित समयमा १–१ गोलको बरावरी भएपछि खेल टाइबे्रकरमा लम्बिएको थियो । टाइबेकरमा ४–२ को गोलअन्तरले झापा विजयी भएको हो । झापाका गोलकिपर विशाल मुखियाले दुई प्रहार रोकिदिँदा ताप्लेजुङ पहिलो खेलबाटै बाहिरिएको छ । झापाका कर्ण लिम्बु, सुमित मैनाली, विक्की चौधरी, दिलेन लेक्तामले गोल गरेका थिए । ताप्लेजुङका विकेश लिम्बु र विकास राई मात्र गोल गर्न सफल भए । तेङजिङ लामा र युवराज लिम्बुले गरेका प्रहार झापाका गोलकिपरले बचाएपछि जित निश्चित बन्यो ।
खेल सुरु भएको ४ मिनेटमा  गोल गर्दै झापाले अग्रता लिएको थियो । झापाका आशिष चापागार्इंले गोल गर्दै हाफ्नो टोलीलाई  अग्रता दिलाएका थिए । वान भर्सेस वानको अवस्थामा गोलकिपर अगाडि बढेको मौका पारी उनले गोल गरेका थिए । यो अग्रता भने लामो समयसम्म टिक्न सकेन । खेलको १५औँ मिनेटमा ताप्लेजुङका विकेश लिम्बुले गोल गर्दै खेल बरावरी गरे । अनुप सेन्दाङको प्रहार गोलकिपरले पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा पाएको मौकामा लिम्बुले बललाई जाली चुमाएका थिए ।
दोस्रो हाफमा झापाका खेलाडीहरू केही आक्रामक देखिए । पटकपटक पाएका मौका झापाका खेलाडीले सदुपयोग गर्न सकेनन् । झापाका दिलेन लोक्ताम म्यान अफ दी म्याच घोषित भए । टाइबे्रकरसम्म खेल पु¥याउनु नै महत्वपूर्ण सफलता भएको ताप्लेजुङका कप्तान खमिरगिल्सन कन्दङ्वाले बताए । उता झापाका क्याप्टेन नरेन लिम्बुले नयाँ र पुराना खेलाडी भएकाले राम्रो कम्बिनेसन हुन नसकेको बताए । आइतबार एपिएफ फुटवल टिम र सुनसरी–११ विच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो ।

प्रकाशित: ९ पुस २०७४ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App