८ वैशाख २०८१ शनिबार
समाज

डडेल्धुराका तीन लघु जलबिद्युत आयोजना बन्द, गाउँ अन्धकार

पुस्कर भण्डारी

डडेल्धुरा– डडेल्धुरामा रहेका लघु जलबिद्युत आयोजना मध्ये हाल तीन वटा आयोजनाको मर्मत सम्भार हुन नसक्दा जिर्णभई प्रयोग विहिन बनेका छन । तीन वटा लघु जलबिद्युत आयोजना प्रयोगविहीन बनेसंगै लाभान्वित २ सय ४८ भन्दा बढि घरपरिवार अन्धकारमा बस्न बाध्य छन् ।

जिल्ला भर बनेका कुल ११ आयोजनामध्ये तीन वटा प्रयोग बिहिन बनेका हुन् । जिल्लाको भित्रि मधेस क्षेत्र परशुराम नगरपालिका–८ स्थित ४ किलोवाट क्षमताको सानखोला लघु जलविद्युत आयोजना, सोही नगरपालिका–९ स्थित १२ किलोवाट क्षमताको सेलाखोला लघु जलविद्युत आयोजना र नवदुर्गा गाँउपालिका–४ स्थित ७ किलोवाट क्षमताको चामाखोला लघु जलबिद्युत आयोजना बन्द रहेको जिल्ला समन्वय समिति डडेल्धुराको वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाका इन्जिनियर अनुपजङ्ग पाण्डेयले बताए । हाल बन्द अवस्थामा रहेका तीनओटै लघु जलविद्युत आयोजनाको मर्मत सम्भारका लागि सम्बन्धित निकायलाई पटक पटक अनुरोध गर्दा पनि कुनै सहयोग पाउन नसकेको एवं उपभोक्ता आफैले मर्मत सम्भार गर्न सक्ने अबस्था नभएकाले लघु जलविद्युत आयोजना बन्द अबस्थामा रहेको स्थानीय उपभोक्ताको भनाई छ । तत्कालिन जिल्ला विकास समिति डडेल्धुराको वातावरण तथा उर्जा शाखाको सहयोगमा २०५५ साल देखि निर्माण कार्य सम्पन्न भई सञ्चालनमा रहेका जिल्ला भरिका ११ ओटै लघु जलबिद्युत आयोजनाबाट १ हजार २ सय ८५ घरधुरी लाभान्वित हुँदै आएका थिए । जिल्लाभरिका लघु जलविद्युत आयोजनाबाट १ सय २३ किलोवाट बिद्युत उत्पादन हुने गरेको थियो । जिल्लाभरिका ३ लघु जलबिद्युत आयोजना बन्द हुँदा २३ किलोवाट बिद्युत उत्पादन घटेको छ ।

जिल्ला भरिका ११ ओटै लघु जलबिद्युत आयोजनाबाट १ हजार २ सय ८५ घरधुरी लाभान्वित हुँदै आएका थिए । जिल्लाभरिका लघु जलविद्युत आयोजनाबाट १ सय २३ किलोवाट बिद्युत उत्पादन हुने गरेको थियो । जिल्लाभरिका ३ लघु जलबिद्युत आयोजना बन्द हुँदा २३ किलोवाट बिद्युत उत्पादन घटेको छ ।

भित्रिमधेस क्षेत्रको परशुराम नगरपालिकामा ६ वटा लघु जलबिद्युत आयोजना सञ्चालनमा थिए । ती मध्ये हाल २२ किलोवाट क्षमताको शीर्षगाँड लघु जलविद्युत आयोजना, १० किलोवाट क्षमताको मकैल लघु जलविद्युत आयोजना, ३ किलोवाट क्षमताको असुरानी लघु जलविद्युत आयोजना र ६ किलोवाट क्षमताको गैरागाँउ लघु जलविद्युत आयोजना मात्रै सञ्चालनमा छन् । भागेश्वर गाँउपालिकामा रहेको १२ किलोवाट क्षमताको अन्नाखोला लघु जलविद्युत आयोजना, नवदुर्गा गाँउपालिकामा रहेको ७ किलोवाट क्षमताको चलकट्टी लघु जलविद्युत आयोजना, आलिताल गाँउपालिकामा रहेको कुल २५ किलोवाट क्षमताको दहगाँड खोला लघु जलविद्युत आयोजना र गन्यापधुरा गाँउपालिकामा रहेको १५ किलोवाट क्षमताको रेलगाड लघु जलविद्युत आयोजना हालसम्म सञ्चालनमा छन । सञ्चालनमा रहेका सबै लघु जलविद्युत आयोजनाको कुल १०० किलो वाट क्षमता रहेको जिल्ला समन्वय समिति डडेल्धुराको वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाले जनाएको छ । गतबर्ष मात्रै नवदुर्गा गाँउपालिका स्थित चलकट्टी लघु जलविद्युत आयोजनाका बिभिन्न बिद्युतीय सामग्रीको मर्मत सम्भार गरिएको इन्जिनियर पाण्डेले बताए । सांसद नरभान कामीको सांसद कोषको ३ लाख, जिल्ला उर्जा विकास कोषको २ लाख र उपभोक्ता समूहको ४२ हजार गरी ५ लाख ४२ हजार रकम बराबर रकम मर्मत सम्भारमा खर्च भएको थियो । मर्मत सम्भारको क्रममा जेनेरेटर, इ.एल.सि प्यानल, ब्लास्ट ट्याङ्की हिटर फेरिएको थियो भने टर्वाइन र नोजेल मर्मत सम्भार गरिएको बताईएको छ । बिभिन्न कारणले बन्द अवस्थामा रहेका तीन वटै लघु जलबिद्युत सञ्चालनका लागि सरोकारवाला निकायको ध्यान अझै पनि जान सकेको छैन । सञ्चालनमा रहेका तर मर्मत सम्भारको अभावमा जिर्ण बनेका लघु जल विद्युत आयोजनाको मर्मत सम्भार नगरिदा बन्द हुने अबस्थामा पुग्न थालेको शिर्षखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष रामसिंह थलालले बताए । जिल्ला समन्वय समिति डडेल्धुराको वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाले भने हाल जिल्ला समन्वय समितिमा मर्मत सम्भारका लागि बजेट अभाव रहेको र बिभिन्न निकायहरु सँग मर्मत सम्भारका लागि अनुरोध गरिए पनि कुनै पनि निकायबाट स्रोत पाउन नसकिएको जनायो ।

प्रकाशित: ५ पुस २०७४ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App