"

बेनीबजार जोगाउन ११ करोड

मङ्गलबार, ०४ पुष २०७४, १९ : ५४ हरिकृष्ण गौतम


म्याग्दी- नदी कटानबाट म्याग्दीको सदरमुकामबेनीबजारलाई जोगाउनसुरु गरिएको संरक्षण आयोजनाले तीव्रता पाएको छ । बजार म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजना गरिएको हो ।

आयोजनाअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सबडिभिजन कार्यालय बाग्लुङले चालू आर्थिक वर्ष २०७४÷७५ मा दुईवटा प्याकेजमा काम गर्ने गरी ११ करोड ३२ लाखको लागतमा कालीगण्डकीको दायाँ र म्याग्दी नदीको बायाँ किनारामा आरसिसी ररिटेनिङ (मेसिनरी) पर्खाल निर्माणको कार्य सुरु गरेको हो ।

ठेक्का सम्झौता भएको केही महिनामै काम सुरु भएको छ ।मंगलाघाटस्थित म्याग्दी नदीको बायाँ किनारा,म्याग्दी र कालीगण्डकीको दोभान तथा कालिपुलस्थित कालीगण्डकी नदीको दायाँ किनारामा रिटेनिङ र आरसिसी पर्खाल सम्झौता अगाडि नै सम्पन्न गर्ने समानान्तर बिएन जेभीका नारायण जिसीले बताए ।

‘तीव्र गतिमा काम भइरहेको छ । नदीको धारसमेत परिवर्तन गरिएकाले पनि सहज भएको छ,’ जिसीले भने ।निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्षसमेत रहेका जिसीले ३ सय ९७ मिटर रिटेनिङ र आरसिसी पर्खालमा दैनिक २ सय कामदार परिचालन गरिएको बताए ।‘स्थानीयवासीलाई पनि अनुगमनका लागि अनुरोध गरेको छु । स्थानीयको सहयोगले पनि निर्माणकार्यमा सजिलो भएको छm,’ जिसीले भने ।

उनका अनुसार मेसिनरी पर्खाल ६ मिटर र आरसिसी ७.५ मिटर अग्लो हुने बताए । नदी आसपासमा पानीको बहावले निर्माणकार्यमा असर गरेपछि नदी आसपासमा बसोबास गर्नेहरूलाई समेत छलफल गरी नदीको धारलाई परिवर्तन गरेकाले पनि आयोजनाको कामले गति लिएको छ ।

ठेक्का सम्झौता एक वर्षसम्म भएपनि जिसीले असारभित्र नै काम सम्पन्न गर्ने दाबी गरेका छन् ।जलउत्पन्न प्रकोप नियन्त्रण सबडिभिजन कार्यालयका इन्जिनियरसहितको प्राविधिक टोलीले समेत दैनिक स्थलगत अनुगमन गर्ने गरेकोजनाएको छ ।

दुईवटा ठूलो नदीको कटानले बेनीबजार जोखिममा पर्न थालेपछि बजार संरक्षण उपभोक्ता समिति निर्माण गरी एकदशकयता सरकारी बजेट र चन्दा संकलन गरी ग्याबिनजालीले समेत कटान भएका क्षेत्रमा रोकथाम गर्ने गरिएको थियो ।ग्याबिनजाली, ढुंगाको प्रयोग गरी प्रयास गरिएको रोकथाम प्रभावकारी नभएपछि आर्थिक वर्ष ०७१÷७२ देखि ०७३÷७४ सम्म आरसिसी पर्खालको निर्माण सुरु गरिएको थियो ।

पर्वत जिल्लाको पर्वतबेनी प्रवेश गर्नेमोटरेबल पुलदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडि करिब ३ सय ९५ मिटर आरसिसी पर्खाल निर्माण सम्पन्न गरिएको थियो । समान्तर बिएन जेभीले काम सुरु गरेपनि नदी कटानले अति जोखिमपूर्ण मानिएको म्याग्दी जेसिजदेखि दोभान नजिकसम्मको ३ सय ८० मिटरको काम सुरु भएको छैन ।बेनीबजार संरक्षणमा भइरहेको कामकोबेनी नगरपालिका–७ र ८ वडाका प्रतिनिधिका साथै बेनी नगरपालिकाले समेत नियमित अनुगमन गरिरहेको छ ।

आगामी तीन वर्षभित्र बेनीबजार संरक्षणको आयोजना सम्पन्न गरी आवश्यक थप संरचना बनाएर चक्रपथको रूपमा प्रयोग गर्ने योजनासमेत बनाइएको छ ।बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बजारभित्रबाट चल्ने ठूला तथा साना सवारीसाधनलाई तटबन्धलाई प्रयोग गर्ने बताए ।‘बेनीबजार संरक्षणसँगै ट्राफिक समस्या पनि समाधान हुन्छ । गुणस्तरीय संरचनाका लागि समन्वय गरिरहेका छौं,’ उनले भने ।

दुई वर्षअघिकालीगण्डकी नदी थुनिएपछि बेनीबजारको संरक्षणका लागि जिल्लामा रहेका राजनीतिक दल, पूर्वसांसदले समेत निरन्तर बजेट विनियोजनमा दबाब दिइरहेका थिए । ०७२ जेठ १० गते उत्तरी म्याग्दीमा करिब १६ घन्टा नदी थुनिएपछि बेनीबजार संरक्षणका लागि प्रयोग गरिएको तटबन्धमासमेत क्षति पुगेको थियो ।

 विगतमा बजेट अभावमा बेनीवासीले एक महिनासम्म नदी आसपासको क्षेत्रमा जनश्रमदानसमेत गरेका थिए । गत आर्थिक वर्षमा देशभर रहेका सदरमुकाममध्ये उच्च जोखिम सदरमुकाममा म्याग्दीको सदरमुकामलाई समेत राखिएपछि बजेट विनियोजनले प्राथमिकता पाएको थियो ।

 

 

 

 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

वृत्तचित्रमार्फत सिलवालले भने लाङटाङको कथा

वृत्तचित्रमार्फत सिलवालले भने लाङटाङको कथा

भूकम्पलगत्तैको लाङटाङ, बीच अवधिको लाङटाङ र पछिल्लो अवधिको लाङटाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङटाङ जर्नी : ट्रेजेडी टु...

रिकिस र सरु एसइई आइकन

विभिन्न स्कुलबाट एसइई दिएर बसेका किशोरकिशोरीबीच भएको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस एसइई आइकन २०१८’ काठमाडौं कपुरधाराका रिकिस चित्रकार र...

‘दशैंमा छक्का पञ्जा र जय भोले दुवै आउँछन्’

‘दशैंमा छक्का पञ्जा र जय भोले दुवै आउँछन्’

दीपकराज गिरी र दीपाश्री निरौला समूहको फिल्म ‘छक्का पन्जा ३’ र अशोक शर्माको फिल्म ‘जय भोले’ दशैंको फूलपातीका दिन भिड्ने...

पोखरामा ‘कुरुप हाँस’

पोखरामा ‘कुरुप हाँस’

केही समय अघि राजधानीमा मञ्चन गरिएको नाटक नाटक ‘द अग्ली डकलिङ’(कुरुप हाँस) पोखरामा मञ्चन हुने भएको छ । ...