८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश नम्बर ५ मा १ लाख ६० हजार मत बदर

दाङ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच नम्बर प्रदेशमा प्रत्यक्षतर्फ डेढ लाखभन्दा बढी मत बदर भएका छन् । यो प्रदेशका १२ जिल्लामा खसेका कुल १७ लाखभन्दा बढी मतमध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १ लाख ६० हजार ४ सय ४४ मत बदर भएको सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ । कुल बदर मतमध्ये प्रतिनिधिसभा र प्रदेशसभाको बदर मत झन्डै पचास÷पचास प्रतिशतको हाराहारीमा छ ।  
जसमध्ये सबैभन्दा बढी कपिलवस्तुमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी कुल २७ हजार ४ सय २४ मत बदर भएका छन् । तीन निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार यो जिल्लामा प्रतिनिधिसभातर्फ १३ हजार ८ सय १४ र प्रदेशसभातर्फ १३ हजार ८ सय १० मत बदर भएक छन् । यो जिल्लामा कुल ३ लाख ११ हजार ७ सय ६० मत खसेको थियो ।  
दाङमा २५ हजार ६ सय ८५ मत बदर भएका छन् । यीमध्ये १३ हजार ७ सय १६ प्रतिनिधिसभातर्फका मत बदर भएका छन् भने प्रदेशसभातर्फका ११ हजार ९ सय ६९ मत बदर भएका छन् । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल २ लाख २९ हजार ४ सय ९८ मत खसेका थिए । यसैगरी पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी २२ हजार १ सय १९ मत बदर भएका छन् । रूपन्देहीमा ३ लाख ९२ हजार ५ सय १९ मत खसेका थियो । यसैगरी बर्दियामा १५ हजार ७ सय ५१ मत बदर भएका छन् । यो जिल्लामा प्रतिनिधिसभातर्फ ८ हजार ६ सय ३७ मत बदर भएका छन् भने प्रदेशसभाका ७ हजार १ सय १४ मत बदर भएको बर्दिया जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  यो जिल्लामा १ लाख ९० हजार ७ सय ४२ मत खसेका थियो ।
यस्तै नवलपरासीमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी कुल १५ हजार २१ मत बदर भएको त्यहाँस्थित निर्वाचन कार्यालयले जनाएको छ । यो जिल्लामा प्रतिनिधिसभातर्पm ७ हजार ६ सय ८७ मत बदर भएका छन् भने प्रदेशसभातर्फ ७ हजार ३ सय ३४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ कुल १ लाख ६१ हजार ३ सय ८५ मत खसेको थियो । यस्तै बाँकेमा १२ हजार ८८ मत बदर भएका छन् । तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा क्षेत्र नम्बर १ मा ३ हजार ८ सय १७, क्षेत्र नम्बर २ मा ४ हजार ९ सय र क्षेत्र नम्बर ३ मा ४ हजार ७१ मत बदर भएको निर्वाचन कार्यालय बाँकेले जानकारी दिएको छ । यहाँ कुल २ लाख ७६ हजार ७ सय १६ मत खसेको थियो ।
यस्तै प्युठानमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी ११ हजार ५ सय १ मत बदर भएका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार यो जिल्लामा प्रतिनिधिसभातर्फ ६ हजार ३ सय ३५ मत बदर भए भने प्रदेशसभातर्फका ५ हजार १ सय ६६ मत बदर भएका छन् । यो जिल्लामा कुल ८८ हजार ९ सय ८१ मत खसेको थियो ।
यस्तै एक निर्वाचन क्षेत्र रहेको रोल्पामा १० हजार १ सय ५३ मत बदर भएका छन् । प्रतिनिधिसभातर्फ ५ हजार ३ सय ७३ मत बदर भएका छन् भने प्रदेशसभातर्फ ४ हजार ७ सय ८० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ । रोल्पामा १ लाख २७ हजार ६ सय २९ मत खसेको थियो ।  
यस्तै गुल्मीमा ७ हजार ७३ मत  बदर भएका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार प्रतिनिधिसभातर्फ ३ हजार ९ सय १६ मत बदर भएका छन् भने प्रदेशसभातर्फ ३ हजार १ सय ७५ मत बदर भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा १ लाख ९६ हजार ३ सय ४२ मत खसेको थियो ।
यस्तै प्रदेश नम्बर ५ को अर्को जिल्ला अर्घाखाँचीमा ६ हजार ३ सय ४२ मत बदर भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ ३ हजार ३ सय १७ मत बदर भएका छन् भने प्रदेशसभातर्फ ३ हजार २५ मत बदर भएका छन् । यहाँँ ८८ हजार २ सय ८ मत खसेको थियो । यसैगरी पाल्पामा ५ हजार २ सय ५१ मत बदर भएका छन् । यो जिल्लामा प्रतिनिधिसभातर्फ २ हजार ८ सय ७० मत बदर भएका छन् भने प्रदेशसभातर्फका २ हजार ३ सय ३१ बदर भएका छन् । यो जिल्लामा १ लाख २३ हजार २३ मत खसेको थियो ।
यसैगरी पूर्वी रुकुममा १ हजार ८ सय ३६ मत बदर भएका छन् । सबैभन्दा थोरै १८ हजार १ सय ३२ कुल मत खसेको पूर्वी रुकुममा प्रतिनिधिसभातर्फ १ हजार १ सय ८६ र प्रदेशसभातर्फ ६ सय ७७ मत बदर भएको रुकुमस्थित जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  
१ लाख ६० हजार बदर मत प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका मात्रै भए पनि कतिपय जिल्लाको गणना बाँकी नै रहेकाले समानुपातिकतर्फको बदर मत यकिन हुन सकेको छैन ।   
विगतका निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा बदर मत संख्या धेरै कम गर्ने निर्वाचन आयोगको लक्ष फेल खाएको छ । निर्वाचन आयोगका अनुसार विगतका निर्वाचन र अहिलेको निर्वाचनमा बदर मतको संख्या बराबरी हुने आँकलन निर्वाचन आयोगले गरेको छ । ‘अहिले सम्म देशभरको बदर मतको अवस्था हेर्ने हो भने ४ प्रतिसत हाराहारीमा पुग्ने देखिएको छ,’निर्वाचन आयोगका सुचना अधिकारी सुर्यप्रसाद अर्यालले नागरिकसंग टेलिफोनमा भने ‘यो बदर मत विगतका निर्वाचनको हाराहारीनै हो ।’ आयोगका अनुसार पहिलो कारण मत पत्रमा आएको परिवर्तनलाई मानेको छ । सुरुमा फरक खालको मतपत्रको ढाँचाका आधारमा मतदाता शिक्षाहरु म्तदाता शिक्षा दिन गाउँ पसिसकेकाबेला सर्वोच्चनको आदेश अनुसार तीन खालको मत पत्र बनाईँदा मतदातामा अन्यौलता छाएको सुचना अधिकारी अर्यालले वताए । यसैगरि मतदाता शिक्षा कार्यकर्ता र दलीय मतदाता शिक्षामा समेत फरकपना भएका कारण पनि बदर मत बढेको उनको भनाई छ । यसको मुल कारण बामगठवन्धनका कारण निम्तीएको अन्यौलता रहेको बताए । ‘गठवन्धनको बारेमा मतदाताहरु अन्यौलामा परे,’उनले भने ‘यसकै कारण एउटै मतपत्रमा दुईवटा छाप हानेका मतपत्रहरु अधिक छन् ।’ त्यसोत,मतदाता शिक्षा कार्यकर्ता र मतदाताहरुको भेटघाट पनि यो निर्वाचनमा प्रभावकारी रुपमा हुन सकेन । ढिलोगरि मतदाता शिक्षा दिईएका कारण समय अपुग हुनु र कामको व्यस्ततामा रहेका मतदाताहरु घरमा नभेटिनुले पनि मतदाताहरुले मतदाता शिक्षा पाउन नसकेको वताईएको छ ।
आयोगका अनुसार बदर मत मध्य सबै भन्दा बढि एकैमतपत्रमा दुईवटा छाप हानिएका मतपत्रहरु अत्यधिक छन् । आयोगका सुचना अधिकृत अर्यालका अनुसार यसपटकको निर्वाचनमा ल्याप्चे प्रयोग गरिएका मतपत्रहरु भने जयादै न्यून छन् । ‘विगतमा जस्तो यसपटकको निर्वाचनमा ल्याप्चे हानिएका मतपत्रहरु धेरै कम छन्,’उनले भने ‘आयोग यो मानेमा चाहिँ सफल भएको छ ।’उनका अनुसार समानुपातिक मतपत्रमा बदर मतको संख्या बढि देखिएको छ । एकैमत पत्रमा तल र माथि दुईठाउँ छाप हान्नु पर्नेमा अधिकांश बदरमतमा माथि वा तल (एकै ठाउँमा) मात्रै दुई चिन्हमा हानिएको भेटिएका छन् ।

प्रकाशित: २९ मंसिर २०७४ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App