coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चितवनमा समानुपातिकमा एमाले, काँग्रेस, माओवादीपछि विवेकशिल

चितवन- चितवनमा समानुपातिक तर्फको मत गणना जारी छ। मत गणना आज साँझसम्म सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अहिलेसम्मको गणनामा समानुपातिकमा प्रतिनिधि सभा र प्रदेश सभा दुवै तर्फ एमालेको अग्रता छ। प्रतिनिधि सभामा एमालेले ७५ हजार ८८६ मत ल्याएको छ । काँग्रेस  ६६ हजार ७७१ मत ल्याएको छ। त्यस्तै माओवादी केन्द्रको मत २९ हजार ८७० आएको छ। त्यसपछि नयाँ दल विवेकशिल साझाले सात हजार ७०९ मत ल्याएको छ। अन्य दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको ४३४१, गाई चुनाब चिन्ह भएको राप्रपाको एक हजार ३१०, एकीकृत राप्रपा (राष्ट्रवादी)को एक हजार २९८, नयाँ शक्तिको एक हजार ११ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटको एक हजार ६६४ मत आएको छ। अरु पार्टीको मत एक हजारभन्दा तल नै छ।

त्यस्तै प्रदेश सभा तर्फ समानुपातिकमा अहिलेसम्म एमालेले ७२ हजार ४६० मत ल्याएको छ । काँग्रेसको ६३ हजार ४७, माओवादी केन्द्रको ३० हजार ७५७ र विवेकशिल साझाको सात हजार ३९९ मत आएको छ।

प्रदेश सभामा राप्रपा प्रजातान्त्रिकले चार हजार ८५३ मत ल्याएको छ। गाई चुनाब चिन्ह भएको राप्रपाले एक हजार ३६७ मत ल्याउँदा प्रदेश सभामा त्योभन्दा धेरै मत एकीकृत राप्रपा राष्ट्रवादीले एक हजार ७३० मत ल्याएको छ। नयाँ शक्तिले एक हजार १०४ मत ल्याउँदा अरु सवै दलहरुको मत हजारभन्दा तल नै छ। 

 

प्रकाशित: २८ मंसिर २०७४ ०९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App