७ वैशाख २०८१ शुक्रबार
राजनीति

इलाम क्षेत्र २ मा एमाले नै पहिलो

इलाम – इलाम क्षेत्र नम्बर २ को समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको मतगणना सकिएको छ। 

नतिजाअनुसार प्रतिनिधिसभातर्फ नेकपा एमाले ३० हजार ६ सय ८१ मतसहित पहिलो भएको छ भने नेपाली कांग्रेसले २४ हजार ६ सय ८६ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रको ४ हजार २२ मत छ । क्षेत्र २ को प्रतिनिधिसभाको समानुपातिकमा ६६ हजार ५ सय मत सदर भएको छ । 

प्रदेशसभातर्फ क्षेत्र २ (१) मा पनि एमाले नै पहिलो स्थानमा आएको छ । यहाँ एमालेको १६ हजार २ सय २, कांग्रेसको १४ हजार ३ सय ११ र माओवादीको २ हजार १ सय ८४ मत आएको छ । प्रदेशसभातर्फ नै क्षेत्र २ (२)मा नेकपा एमालेको ११ हजार ८ सय ७१, कांग्रेसको ८ हजार ९ सय ६१ र माओवादीको २ हजार ९ सय ६७ मत आएको छ। यो नतिजालाई निर्वाचन आयोगले अन्तिम रूप दिएर घोषणा गर्न भने बाँकी नै छ । 

इलाम क्षेत्र १ को प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिरको मतगणना भने जारी नै छ। अहिलेसम्मको नतिजाअनुसार प्रतिनिधिसभा क्षेत्र १ को ४२ हजार ६ सय ५४ मत सदर हुँदा एमालेले २२ हजार ४ र कांग्रेसले १२ हजार ७ सय ३० मत ल्याएका छन् । माओवादीको २ हजार ३ सय ४६ मत छ । 

क्षेत्र १(१) मा एमालेको १० हजार ५८, कांग्रेसको ५ हजार २ सय ३५ र माओवादीको १ हजार ५० मत छ। क्षेत्र १ (२)मा एमालेको १० हजार ७ सय २५, कांग्रेसको ६ हजार ६ सय ४७ र माओवादीको १ हजार ५ सय ७० मत छ । क्षेत्र १ मा अझै करिब २० हजार मतगणना हुन बाँकी नै छ ।  

 

प्रकाशित: २८ मंसिर २०७४ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App