४ वैशाख २०८१ मंगलबार
राजनीति

विकसित खोटाङ बनाउने छु : विशाल भट्टराई

१. निर्वाचित भएपछि कस्तो अनुभव भएको छ ?
२०७० सालमा सभाषदमा निर्वाचित भएको चार वर्षपछि जनताले फेरि भारी मतका साथ मलाई अनुमोदन गरेकोमा खुशी छु । खुसीसँगै गम्भीर दायित्वबोध र चुनौती थपिएको महसुस भएको छ । यसबेला जनताले लामो समयपछि प्राप्त गरेको बहुमतको सरकारको सदुपयोग गर्दै मुलुकको सम्ृद्धि र विकासमा ध्यान दिनुपर्ने टड्कारो आवश्यकता छ । अहिलेसम्म मुलुकले भोग्दै आएको गरिबी, बेरोजगारी, अभावलगायतका समस्या समाधान गर्ने दायित्व हाम्रो काँधमा छ ।
२. निर्वाचित सांसदको हैसियतले आफ्नो क्षेत्रमा कस्तो कार्ययोजनालाई प्राथमिकतामा राख्नुहुन्छ ?
हामीले खोटाङलाई संवृद्ध बनाउने सपना देखेका छौँ । आजसम्म खोटाङ भौतिक अवस्थामा पछाडि परेको छ । खोटाङको भौतिक अवस्थालाई सुढृड बनाउने र विकसित बनाउने सपना छ । ा खोटाङका कमजोर र गुणस्तरहीन शिक्षालाई गुणस्तरीय बनाउने र यसबाट उत्पादित जनशक्तिलाई मुलुकमा बिकाउ बनाउने हाम्रो काँधमा दायित्व छ ।
३. अन्य दललाई समेटेर कसरी अगाडि बढ्नुहुन्छ ?
हामीले विपक्षी दलकारुपमा आएका राजनीतिक शक्तिलाई समेटेर सँगै लिएर जानुपर्छ । हामीमा विजयको दम्भ र घमण्ड छैन । विपक्षीको सम्मान गर्दै उहाँहरूलाई पनि रचनात्मक विपक्षीको भूमिका निर्वाह गर्न आग्रह गर्दछौं । हाम्रो यो विकासको मूल बाटोमा उहाँहरूले हामीलाई साथ दिनुहुनेछ ।
४. तपाईंका क्षेत्रका मुख्य समस्या के–कस्ता छन् ?
खोटाङ भौतिक विकासले पछि परेको जिल्ला हो । यहाँ सडक गतिलो छैन । खोटाङमा चखेवाभञ्ज्याङदेखि जयरामघाटसम्मको मध्यपहाडी राजमार्ग पाएका छौँ । त्यसलाई फराकिलो र स्तरीय बाटो बनाउनुपर्ने हाम्रो काँधमा दायित्व छ । कतिपय वडामा बिजुली पुग्न सकेको छैन । खानेपानी, सिँचाइ गाउँपालिका केन्द्रसम्म पुग्ने बाटोको अभाव, गाउँपालिकामा मालपोत, इलाका प्रशासन कार्यालयलगायतका सबै सरकारी कार्यालय स्थापित गर्नेलगायत चुनौती मुख्य छन् ।
५. तपाईंले आफ्नो जिल्ला÷क्षेत्रको विकासका लागि तत्काल गर्ने तीनवटा काम के–के हुन् ?
तत्काल गरिहाल्नुपर्ने महत्वपूर्ण कुरा कोसी तर्नका लागि करि सात स्थानमा पक्की पुल निर्माण र बाटोको स्तरोन्नती पहिलो प्राथमिकतामा छ । त्यस्तै सरकारी विद्यालयलाई गुणस्तरीय बनाउने, सामुदायिक विद्यालयको पठनपाठन स्तरीय बनाएर गुणस्तरीय शिक्षा दिने वातावरण निर्माण गर्ने, र तेस्रोमा गाउँपालिका÷नगरपालिकामा कर्मचारी, जनशक्ति र साधनस्रोत जुटाउने, मालपोत, नापी लगायत स्थापना गर्ने तथा कर्मचारी, प्राविधिकको अभाव पूरा  गर्न केन्द्रीय सरकारसँग छलफल गरी अघि बढ्नेछु ।  
६. सांसदले आश्वासन बाँड्छन्, पूरा गर्दैनन् भन्ने आमगुनासो छ, यसबारे के भन्नुहुन्छ ?
खोटाङको हकमा त्यो कुरो लागू भएको छैन । हामीले कहिल्यै पनि गलत कुरा गरेर जनतासँग भोट मागेका छैनौँ । पुग्ने कुरा गरेर मात्र मागेका छौँ । त्यसका कारणले यो पटक पनि हामीले सार्वजनिकरूपमै प्रतिवद्धता जारी गरेका छौँ । हामीले त्यही प्रतिवद्धतालाई मार्गदर्शक मानेर पाँच वर्षभित्र पूरा गर्नेगरी काममा लाग्छौँ । हाम्रा गन्तव्य स्पष्ट छन् । हामीसँग जिल्ला बनाउने सपना छन् । हामीसँग मूर्त खाका र योजना पनि छन् । ती योजना पूरा गर्छौँ भनेर जनतालाई बुझाएका छौँ । यसको तत्पर्य यी कुनै भोट ‘क्यास’ गर्नका लागि गरिएका आश्वसन होइन ।
७. मतदातालाई के सन्देश छ ?
हाम्रा आवश्यकता प्रशस्त छन् । आम जनताले हामीबाट तत्कालै केही भइहालेहुन्थ्यो भन्ने सपना साँच्नु भएको छ । म आग्रह गर्न चाहन्छु एकै पटक सबै कुरा गर्ने सामथ्र्य न देशसँग छ न हामीसँग छ । त्यसो भएको हुनाले असाध्यै धैर्य रहन आग्रह गर्न चाहन्छु । आफ्ना मागलाई व्यवस्थित तरिकाले जनप्रतिनिधिसम्म पु¥याउन आग्रह गर्छु । हामीलाई रचनात्मक साथ र सहयोग चाहिन्छ त्यसैले निरन्तर जनतासँग सम्पर्कमा रहेर, निकट रहेर काम गर्ने वातावरण निर्माणका लागि पनि जनसमुदायलाई आग्रह गर्छु ।

प्रकाशित: २८ मंसिर २०७४ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App