६ वैशाख २०८१ बिहीबार
राजनीति

सांसद नबन्दै मुख्यमन्त्रीमा चर्चा

बाजुरा-  ७ नम्बर प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि मुख्यमन्त्रीमा नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाको नाम चर्चामा छ। नेकपा एमाले उपाध्यक्ष भीमबहादुर रावल, माओवादी नेता लेखराज भट्ट, प्रतिनिधि सभाको उम्मेदवार बने लगत्तै थापाको नाम चर्चामा आएको थियो।

थापा प्रदेश सांसद बनिसकेका छैनन्। थापाको नाम एमालेले आयोगलाई पठाएको समानुपातिक सूचीमा दोस्रो नम्बरमा छ । प्रत्यक्ष तर्फ जितेका बाम गठबन्धनका सबै नेताको बरियता थापा भन्दा तल छ।

थापा सुशील कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री समेत बनिसकेका छन्। उनले मूख्यमन्त्री बन्ने उद्देश्य नै राखेर प्रदेश सभा समानुपातिकमा बसेको एमाले नेताहरु बताँउछन्। थापा आफै एमालेको भीम रावल पछिको ७ नम्बर प्रदेशकै दोस्रो बरियतामा छन्।

प्रदेश सहसंयोग थापाले मूख्यमन्त्रीमा प्रमुख दाबेदारी रहेको स्वीकार गरे । उनी प्रदेश सदस्य बन्ने निश्चित छ । सांसद नबन्दै थापालाई मुख्यमन्त्रीको रुपमा नेताहरुले संवोधन गर्ने गरेका छन्।

'भीम रावल कामरेड प्रदेशमा लड्नु भएको भए, मेरो समर्थन उहाँलाई नै हुन्थ्यो, उहाँ प्रतिनिधि सभामा विजयी भइसक्नु भएको छ। उहाँपछि नेतृत्वको दाबी मेरो स्वभाविक हो', थापाले भने । पार्टी भित्र मूख्य मन्त्री बनाउनेबारे आन्तरिक छलफल भईसकेको र पार्टी नेतृत्वले पनि आफैलाई अघि सार्ने थापाले भने।

 थापा उपस्थित विजयी सभा सहीतका कार्यक्रमममा भाबी मूख्यमन्त्रीको रुपमा संवोधन गर्ने गरिएको छ । सिनियर नेताका हिसाबमा कर्ण बहादुर थापा ७ नम्बर प्रदेशको मूख्यमन्त्री पद उहाँले नै पाउनु पर्ने नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सहदेब बोगटीले बताए।

पार्टी एकता हुने भएपछि माओवादी एमाले भन्दा पनि देश बनाउने विषयमा सक्षम, योग्य र सिनियर व्यक्तिलाई सबैको समर्थन रहने बोगटीले थपे। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र ७ नम्बर प्रदेशमा पनि बाम गठबन्धनले प्रष्ट बहुमत ल्याउने निश्चित बनेको छ।

प्रदेश सभा प्रत्यक्ष तर्फका ३२ सिट मध्ये १७ एमाले र १० माओवादीले जितेको छ। समानुपातिक तर्फका २१ मध्येबाट पनि बाम गठबन्धनकै हाबी हुने देखिन्छ । बहुमत आउने भएपछि मूख्यमन्त्री को बन्ने भन्नेमा चर्चा सुरु हुन थालेको हो।

७ नम्बर प्रदेशको नेतृत्वको एमालेले पाउने वा माओवादीले त्यो आधिकारी निर्णय र शीर्ष नेताहरुको अभिव्यक्ति बाहिर नआएपनि एमालेको भागमा पर्ने देखिन्छ । प्रत्यक्ष र समानुपातिक तर्फको सिट जोड्न एमाले एक्लै पनि बहुमत नजिक पुग्ने भएकोले उसको दाबी स्वभाविक रहेको जानकार बताउँछन्।

चुनावी प्रचारका क्रममा पनि थापा ७ नम्बर प्रदेशका सबै जिल्लामा पुगेका थिए । उनको चुनावी दौडे र उपस्थिति मूख्यमन्त्रीकै शैलीमा प्रस्तुती थियो। आयोजकहरुले पनि भाबी मूख्यमन्त्रीकै रुपमा संवोधन गर्ने गरेका थिए।

एमालेले कैलाली क्षेत्र नं.–३ ख अमरबहादुर साउँद, कैलाली क्षेत्र नं.–४ क दीर्घ स्वडारी, कैलाली क्षेत्र नं.–४ ख कृष्णप्रसाद सुवेदी, कैलाली क्षेत्र नं.–४ क नेपालु चौधरी, अछाम क्षेत्र नं.–१ क हर्कबहादुर (गोविन्द) कुँवर, बझाङ क अर्जुनबहादुर थापा, बाजुरा –क बलदेव रेग्मी, बाजुरा –ख प्रकाशबहादुर शाह, कञ्चनपुर क्षेत्र नं.–१ क–तारा लामा तामाङ्ग, १०. कञ्चनपुर क्षेत्र नं.–२ क– महेशदत्त जोशी, कञ्चनपुर क्षेत्र नं.–२ ख– लालबहादुर खड्का, डडेलधुरा–क पठानसिंह बोहरा, दार्चुला क–गोल्वुपसिंह बोहरा, बैतडी ख– लीलाधर भट्ट, कञ्चनपुर क्षेत्र नं.–३ क एमाले प्रकाश रावल, कञ्चनपुर क्षेत्र नं.–१ ख एमाले कुलबीर चौधरी, कैलाली क्षेत्र नं.–२ क एमाले रतनबहादुर थापाले जितेका छन्।

यसैगरी माओवादीले अछाम क्षेत्र नं.–१ ख – झपटबहादुर बोहरा, अछाम क्षेत्र नं.–१ क – अक्क्ल रावल, अछाम क्षेत्र नं.–२ ख –बलबहादुर स्वडारी, डोटी क्षेत्र नं.–ख –त्रिलोचन भट्ट, बझाङ्ग ख– देवकी मल्ल थापा, बैतडी ख–मानबहादुर धामी, दार्चुला क–प्रेमप्रकाश भट्ट, कैलाली क्षेत्र नं.–२ ख माओवादी केन्द्र नन्दबहादुर साउँद, कैलाली क्षेत्र नं.–३ क माओवादी केन्द्र बीरमान चौधरी र कञ्चनपुर क्षेत्र नं.–३ ख माओवादी केन्द्र मानबहादुर सुनारले जितेका छन्।

प्रकाशित: २६ मंसिर २०७४ १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App