६ वैशाख २०८१ बिहीबार
राजनीति

इलाममा एकैपटक ८ समूहमा मतगणना

इलाम- ६६.४४ प्रतिशत मत खसेको इलाममा शुक्रबार अपराह्न मतगणना सुरु गरिएको छ। मतपेटिका बिहानसम्ममा सबैतिरबाट सदरमुकाम भेला भइसकेपनि सर्वदलीय बैठक र अन्य तयारीका कारण अपराह्न ३ बजे मात्रै गणना सुरु भएको को हो।

            एकैपटक ८ समूहमा भइरहेको मतगणनामा ३ हजार गणना भएपछि मात्रै नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । सदरमुकामको पटाङ्गिनीस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमै मतगणना भइरहेको छ। गणनाका लागि सभाहलसहित ४ कोठामा तारजाली लगाएर व्यवस्थापन गरिएको छ । जालीको भित्रपट्टि निर्वाचनका कर्मचारीले मतगणना गर्दैछन् । बाहिरपट्टि दल र उम्मेदवारका प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको छ।

कार्यालयले जिल्लाका सबै ६ वटा (प्रतिनिधिसभा र प्रदेशसभा) निर्वाचन क्षेत्रको सदरमुकाममै मतगणना गरिरहेको छ । एउटै निर्वाचन क्षेत्रको मतगणना पनि कम्तीमा ३ टोलीले गर्दैछन् । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्रको मतपेटिका बाँडेर २ टोलीले मतगणना गरिरहेका छन् । त्यसअन्तर्गतका २ प्रदेशहरूको १–१ टोलीले मतगणना गरिरहेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए। पहिलो हुनेले जित्ने (प्रत्यक्ष) प्रणालीको मतगणना पहिला र त्यो गणना सकिएपछि मात्रै समानुपातिकतर्फको मतगणना गरिने छ।

            आयोगले प्रत्येक क्षेत्रको ३–३ हजार मत गणना भएपछि मात्रै आएको मतपरिणाम घोषणा गर्ने नियम बनाएको छ । आयोगले सम्भव भएसम्म सबै मतगणनास्थलमा सिसी क्यामेरासमेत राख्न मंगलबार निर्देशन गरेको थियो । तर, सिसी क्यामेराका लागि खर्च नभएकाले त्यसको व्यवस्थापन गर्न नसकिएको सुवेदीले जनाए । जिल्लाको प्रत्यक्षतर्फको मतगणना गर्न ४ दिन लाग्ने अनुमान छ ।

            प्रतिनिधिसभाका २ क्षेत्र रहेको इलाममा कुल मतदाता २ लाख ४ हजार ४६ रहेकामा १ लाख ३५ हजार ५ सय ८४ ले मतदान गरेका छन् । क्षेत्र नम्बर १ मा कुल मतदाता १ लाख १ हजार ६१ रहेकामा ६४ हजार ५ सय १२ मत खसेको छ । क्षेत्र २ मा कुल १ लाख २ हजार ९ सय ८५ रहेकामा ७१ हजार ७२ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रकाशित: २२ मंसिर २०७४ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App