coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाँचथरमा वाम गठबन्धन १ हजार ६ सय मतले अगाडि

मतगणनाका लागि गणना स्थलमा मतपेटिका लगिँदै । तस्विरः गिरिराज

पाँचथर – पाँचथरमा प्रतिनिधि सभाको पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनले १ हजार ६ सय ४८ मतले अग्रता लिएको छ। बाम गठबन्धनका नेकपा (एमाले)का नेता बसन्त कुमार नेम्बाङले ७ हजार ४ सय ५१ मत प्राप्त गरेका छन्।  उनलाई पछ्याइरहेका लोकतान्त्रिक गठबन्धनका नेपाली काग्रेसका भिष्मराज आङदेम्बेले ५ हजार ८ सय ३ मत प्राप्त गरेका छन्।

हालसमम १२ हजार ४ सय ७६ मत गणना भईसकेको छ । मत बदरको संख्या निक्कै ठुलो छ । यति मत गणना हुँदा १ हजार २ सय ४५ मत बदर भएको छ । जिल्लामा ७७ हजार ८ सय ३ जनाले मतदान गरेका थिए । मतगणना सुस्त गतिमा भईरहेको छ । तीन स्थानमा मतगणना भईरहेपनि समयमा नतिजा आउन सकिरहेको छैन । प्रतिनिधि सभाको मत गणना सकिएरमात्र प्रदेश सभाको मतगणना हुने छ।

विस्तृत मत परिणाम
बसन्तकुमार नेम्वाङ (वाम गठबन्धन) ७४५१
भिष्मराज आङदेम्बे  (लोकतान्त्रिक) ५८०३
सागर केरुङ (लिम्बुवान)– २७९
प्रेम लावती (समाजवादी) ३२३

प्रकाशित: २२ मंसिर २०७४ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App