७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिन्धुपाल्चोकमा बाम गठबन्धनको अग्रता

सिन्धुपाल्चोक- प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा बाम गठबन्धनले सुरुवाती अग्रता लिएको छ।

सिन्धुपाल्चोक–१ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले निरन्तर अग्रता लिइरहेका छन्। हालसम्म उक्त क्षेत्रको ५ हजार ४ सय ३२ मतगणना हुँदा उनले २ हजार ९ सय ५१ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले पछ्याइरहेका छन् । उनले १ हजार ८ सय ५३ मत पाएका छन् ।

                प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणालाई पछि पार्दै एमाले उम्मेदवार शेरबहादुर तामाङ अगाडि लागेका छन् ।

                तामाङले २ हजार ३ सय २१ पाएका छन् राणाले २ हजार ७३ मत पाएका छन् । यहाँ सुरुवाती अग्रता भने राणाले लिएका थिए ।

प्रकाशित: २१ मंसिर २०७४ १७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App