coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मतगणनाको समयमा रसुवामा विद्युत आपूर्ती ठप्प

रसुवा- मतगणना भैरहँदा रसुवामा विद्युत आपूर्ती ठप्प भएको छ। त्रिसुली ग्राङबीचको ६६ केभि प्रशारण लाइनमा प्राविधिक समस्या आएपछि विद्युत आपूर्ती ठप्प भएको हो। नेपाल विद्युत प्राधिकरण धुन्चे केन्द्रका अनुसार जिल्लाको राम्चेस्थित ५१ नम्बरको टावरमा समस्या आएको हो।

 समस्या आएको ठाउँमा मर्मत कार्य भैरहेकाले राति १० बजेसम्ममा नियमित हुने सम्भावना रहेको बताइएको छ। मतगणनास्थलमा जेनेरेटको व्यवस्था गरिएकाले मतगणना नरोकिएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । साँझ साढे ५ बजेबाट जिल्लाको थुमन र खाल्डे मतदान केन्द्रको मतगणना भैरहेको छ।

 

प्रकाशित: २१ मंसिर २०७४ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App