७ वैशाख २०८१ शुक्रबार
राजनीति

म्याग्दीमा मतगणना सुरू

म्याग्दी – पहिलो चरणमा निर्वाचन सम्पन्न भएको म्याग्दीमा बिहीबार साँझ पाँच बजेबाट मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समयमै प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सुरू भएको हो ।

राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले सिलबन्दी खोलेर उम्मेदवार र प्रतिनिधिहरूको उपस्थितिमा मतगणना सुरू भएको हो। प्रतिनिधिसभाको दुई र २ वटा प्रदेशसभाको एक–एक ठाउँमा गरी चार ठाउँमा मतगणना गरिएको छ । बन्द कोठाबाट निकालिएको मतपेटिकाबाट प्रतिनिधिसभाको बेनी नगरपालिका–३ भकिम्लीको १४ सय १ र बेनपा–४ सिंगाको १४ सय ९८ मत, त्यसैगरी प्रदेश ‘क’ अन्र्तगत बेनपा–४ र पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकमको १५ सय ३० मत गणना सुरु भएको सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले बताए । 

‘मतगणना रोकिदैन्, मतगणनास्थलमा समेत कडा सुरक्षा व्यवस्था मिलाइएको छ’ उनले भने । उम्मेदवारलाई तोके बाहेकका प्रतिनिधि बाहेक अन्यलाई मतगणनास्थलमा प्रवेश दिइएको छैन् । दलका प्रतिनिधिहरूले तारजाली बाहिरबाट मतपत्र हेर्ने व्यवस्था मिलाइएको छ । बन्द कोठामा राखिएको मतपेटिका दलको उपस्थितिमा निकालिएको थियो । बेनी नगरपालिका र धौलागिरी गाउँपालिकाबाट सुरु भएको मतगणना सुरु गरिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एक अर्को मतपेटिकामा भेटिएमा समेत बदर हुने ब्यवस्था मिलाइएको छ। 

म्याग्दीमा वडा अनुसार मतगणना गर्ने दलले सहमति जनाएका थिए । एक हजार पाँच सय भन्दा कम मत खसेका वडाहरूको अर्को वडामा मिसाएर गणना गरिने छ। एक नगरपालिका, ५ गाउँपालिका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो ।

यसैबीच मतगणनास्थल बाहिर सुरक्षा ब्यवस्था कडा बनाइएको छ । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिएको छ । मत गणनास्थलमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको छ। मतगणनाको निगरानी गर्न सिसी टिभी क्यामेरा जडान भएको छ । मतगणनाका लागि एउटा समूहमा दश जनाका दरले कर्मचारी खटाइने भएको छ । ९० जना कर्मचारी छनौट भएका छन् । मगणनास्थलमा मोबाइल, पानी, खानेकुरा निषेध गरिएको छ। 

प्रकाशित: २१ मंसिर २०७४ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App