coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दोश्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खस्यो

काठमाडौँ –  दोश्रो चरणको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।  आज सम्पन्न मतदानमा ६७ प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ। 

आयोगले बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ४५ जिल्लाबाट ६७ प्रतिशत भन्दा बढी मतदान भएको जनाएको हो । त्यसमध्ये गुल्मीमा सबैभन्दा बढी ७१ प्रतिशत मतदान भएको आयोगको भनाई छ। 

त्यसैगरी पहिलो चरण अन्तर्गत ३२ जिल्लामा भएको मतदानको मतगणना पनि आज साँझ ५ बजेबाट सुरु गरिएको छ भने दोश्रो चरणको मतगणना मतपेटिका संकलन भइसकेपछि भोलीबाटै सुरु हुने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जनाएका छन्। 

प्रकाशित: २१ मंसिर २०७४ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App