coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मतदानपछि खनालले भने- 'संक्रमणकालको अन्त्य भयो'

इलाम– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संक्रमणकाल अन्त्य भएको बताएका छन् । सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा मतदान गरेपछि उनले भने, ‘आजको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वय भयो, अब देश समृद्धिको ऐतिहासिक युगतिर प्रवेश गरेको छ ।’

नयाँ संविधान अब बलियो र दियो रूपमा कार्यान्वयनमा गएको भन्दै खनालले नेपाली जनताले वर्षाैंदेखि कल्पना गरेको नयाँ युग आजदेखि सुरु भएको बताए । ‘अब देश समृद्धिको दिशामा गएको छ,’ इलाम क्षेत्र नम्बर १ बाट वाम गठबन्धनको उम्मेदवारसमेत रहेका खनालले भने, ‘संक्रमणकाल अन्त्य भएपनि शान्तिप्रक्रियाका केही काम अझै बाँकी छन्, यही चुनावपछि गठन हुने प्रदेशसभाले ती शान्तिप्रक्रियाका काम पनि समाप्त गर्ने भएकाले यो दिन ऐतिहासिक भएको हो ।’

प्रकाशित: २१ मंसिर २०७४ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App