७ वैशाख २०८१ शुक्रबार
कला

शशि कपुरको अन्तिम संस्कार आज

नयाँ दिल्ली– सोमबार साँझ मुम्बईमा मृत्यु भएका बलिउड अभिनेता शशि कपुरको अन्तिम संस्कार आज मध्यान्ह गरिने भएको छ । उनको मृत्यु सोमबार मुम्बईको कोकिलावेन अस्पतालमा भएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत् उनको मृत्यु सँगसँगै देशले एक होनहार व्यक्ति गुमाएको बताएका छन् ।
७९ वर्षका कपुर केही समयदेखि बिरामी थिए । कपुरले तीन पटकसम्म राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए । हिन्दीलगायतका कतिपय अंग्रेजी चलचित्रमा समेत उनले योगदान पु¥याएका थिए ।

उनका फूल खिले, वक्त, अभिनेत्री, दीवारजस्ता चलचित्र चर्चित छन् । उनको मृत्युपछि बलिउड कलाकारहरुले सोमबार साझँ नै कपुरको घर पुगेका थिए ।

प्रकाशित: १९ मंसिर २०७४ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App