८ वैशाख २०८१ शनिबार
कला

‘योमरी पुन्ही’का आयाम

जीवन–संस्कृति विश्वास 
संस्कारले नै हामी संस्कृतिप्रेमी र संस्कृतिमैत्री बनेका छौँ । संस्कार मानिसको चेतनागत कुरो हो, यो मनोविज्ञान पनि हो । प्रत्येक चालचलनसित संस्कार सिञ्चित रहन्छन् र यिनै संस्कार नै संस्कृति बन्छन् । संस्कारलाई संस्कृतिको मनोगत धारणाको सम्प्रेषण भन्न सकिन्छ । यस्ता सम्प्रेषणमा मानिसका धारणा र विश्वासले अवतरण गरिरहेको हुन्छ । मानिस जे गर्छ, त्यो उसको विश्वासमा आधारित अवधारणाको मूर्त रूप हो । जेमा विश्वास छ, हामी त्यसैबारे बोल्छौँ र गर्छौं । सोच्ने, विश्वास गर्ने, चल्ने र चालचलन सबै जीवन पद्धति हुन् । असारमा रोपाइ“ गर्ने चलन मौसममाथिको विश्वासले जन्माएको हो । असारमा पानी पर्ने भएकाले किसानले रोपाइ“ गर्छ, घाँस उम्रने भएकाले गोडमेल गर्नुपर्छ । यो संस्कार हो । संस्कारमा यस्ता अनेक पाटा छन् । घा“सबाट बाली जोगाउनुपर्छ । यो मनोगत धारणा हो । गोडमेल व्यावहारिक पक्षका मूर्त क्रिया हुन् भने मनोगत धारणालाई क्रियात्मक रूप दिनु संस्कार हो। 

प्रकृति पर्यावरण धान 
भदौ घाम र पानीको मौसम हो, यसले धान पुष्ट पार्छ । न्यानो मिसिएको सिमसिमे पानीले धानलाई पुष्ट बनाउँछ । पुष्ट पोसिलो धान दुधिलो हुन्छ । दुधिला धानको चामल लस्सादार हुन्छ । लस्सादार चामलको पिठो योमरी बनाउन उत्तम हुन्छ । नरम योमरी चर्कन्न, फुट्दैन । योमरी बफाएर पकाइन्छ । बफाएर पकाउनु प्रविधि हो । प्रविधिले संस्कार बनाउ“छ । संस्कारले प्रविधि पछ्याएको हुन्छ । प्रविधि र संस्कार एकापसका परिपूरक हुन् । प्रविधिपूर्ण प्रक्रिया संस्कारको गर्भ हो । 
प्रकार 
योमरी दुई स्वरूपमा बनाइन्छ, बायो र मायो । बायो घै“टोझैँ बीचको भाग भुक्क फुलेको हुन्छ । शिरभाग शिरकै आकारमा हुन्छ । पुछारको भागलाई मुलाको जरोजस्तै मसिनो लाम्चिलो आकार दिइन्छ। 
योमरी पुन्हीमा मौसमी संस्कृति झल्किन्छ । यसलाई मुख्य बाली धान भित्र्याइसकेपछि पूर्णिमाका दिन रातभरि यो चाड मनाउन थालिएको हो। 

नामाकरण  
नामैले योमरी मनलाग्दो मिष्ठान्न हो । नेवारहरू मनपर्दो वस्तुलाई ‘यो’ भन्छन् । ‘यो’ अर्थात् मनपर्दो र ‘मरी’ अर्थात् मिठाई । यो चिल्लोमुक्त मिठाई हो । त्यसैका लागि पुर्खाले बफाउने प्रविधि बनाएका हुन् । कोलेस्टेरोलमुक्त यो वाष्पप्रणाली तत्कालीन विज्ञानसम्मत विधि थियो । योमरी बफाउन ‘मिमिचा’ प्रयोग गरिन्थ्यो । मिमिचा बा“सका मसिना रेसाबाट बुनिएका हुन्छन् । वृत्ताकारमा बुनेका ‘मिमिचा’मा  अलिअलि तेल वा घ्यु दलिन्छ । त्यसमा उमालिएको पानीको ‘फोसिचा’ तामाका भा“डाको मुखमाथि बसालिन्छ । जतनसाथ मायो, बायो योमरी मिमिचामाथि राखिन्छ । तातो बाफ नचुहिने गरी नरम मलमलले चारैतिर बेरिन्छ । २० मिनेटजति लगातार बफाइन्छ । त्यसपछि योमरी तयार हुन्छ । अलिकति चिसो पानी योमरीमाथि छर्किएर तातो योमरीलाई भिक्न सजिलो बनाइन्छ। 

योमरीको दर्शन  
जीवन दर्शनका रूपमा योमरीलाई नियालौँ । योमरी दुई आकारमा बनाइने त हामीलाई थाहा छ । बायो र मायो योमरीका आकार किन भिन्न बनाइन्छ ? किनकि यसमा जीवनदर्शन गाँसिएको छ । बायो चुच्चे र चोसे देखिन्छ । मायो थेप्चिएको त्रिकोणात्मक देखिन्छ । चुच्चे चोसे बायो पितृलिंग आकारमा बन्छ । थेप्चो त्रिकोणात्मक मायो मातृयोनि आकारमा बन्छ । प्रत्येक रूप र आकारमा जीवनदर्शन देखिन्छ । हामी विम्बवादी छौँ । संस्कृतिले विम्ब बोक्छ। 

योमरीका बायो
मायो आकारमा गहिरो जीवन संयोग र सम्भोगका इतिवृत्ति निहित छन् । इतिवृत्तिका यी निहित तथ्य गृहस्थ जीवनका मर्म बोक्छन् । यिनै मर्मभित्र मन्त्र, तन्त्र र यन्त्र विद्याका गर्भ लुकेको छ । मन्त्रभित्र जीवनदायिनी मर्म समाहित रहन्छन्। 

शुभकामना परिकार
योमरी शुभकामनाको परिकार हो । नेवार समुदायमा पहिलो जन्मदिन बालबालिका दुई वर्षका हुँदा मनाइन्छ । त्यस अवसरमा दुईवटा योमरीका एक जोडी माला बनाएर बालकको कुममा लगाइन्छ । एक जोडी योमरीको मालाले सुखद दुलाहा–दुलही भविष्य दर्शाउ“छ । जोडी योमरीको मालाले रमाइलो र रसिलो यौवन जीवनको भविष्यवाणी गर्छ । 
त्यसपछि पनि नेवारहरू प्रत्येक जोड वर्षहरूमा जन्मदिन मनाउँछन् । त्यसमध्ये चार, ६, आठ, १० र १२ वर्षसम्म योमरीको माला पहि¥याइन्छ । चार वर्षको जन्मोत्सवमा चार, ६ वर्षको जन्मोत्सवमा ६ गर्दै १२ वर्षमा १२ योमरीका माला पहिर्‍याइन्छ । यो योमरी संस्कार र संस्कृतिको अर्काे पाटो हो। 

स्थानीय साधन 
योमरी स्थानीय सामग्रीले तयार गरिन्छ । यसका लागि स्थानीय ‘पोचु“’ धानको चामलको पिठो र स्वदेशी उखुबाट बनेको चाकु र तिलको धुलो आवश्यक पर्छ । यसकारण पनि यसको जीवन्तता रहिरहन्छ। 

शुभेच्छा सगुन ः योमरी शुभेच्छा सगुनको मूर्त रूप भएरै नेवार समुदायले भान्जाभान्जीका जन्मदिनका दुई, चार, ६, आठ, १० र १२ वर्षपर्यन्त योमरी ‘कु’ पठाउने गर्छन्। 

योमरी ‘कु’को साथमा एकजोर लहना÷लुगा पनि पठाइन्छ । त्यससँगै भान्जाभान्जीको परिवार संख्याअनुसार ‘खे“सगं’ उसिनेर तारेको अन्डा तथा माछा–मासु, दही, फूलका माला र खेलौना पनि शुभेच्छाका रूपमा पठाइन्छ । 
चेलीबेटीले पहिलो सन्तान जन्माउनुअघि दही–चिउरा खुवाइँदा योमरी दिने प्रचलन छ । यस्तो अवसरमा ‘मायो’ सगुन पठाउने परम्परा छैन । ‘बायो’ सगुन मात्र शुभेच्छा सगुन मानिन्छ । सम्भवतः यस प्रचलनभित्र पुरुषप्रधान मनोविज्ञान रहेको हुन सक्छ। 

योमरी गुडी : मायो योमरीमा मास, मुँगलगायत दालसँगै  लसुन, अदुवा, हिङ, मरिच, सुकुमेल आदि पिसेको धुलो राखिएको हुन्छ । नुनिलो स्वादको मायो र गुलियो बायोबीच विविधता देखिन्छ। 

बायो योमरीभित्र किमा हालेर बनाइन्छ । खुवा योमरी खुवालगायतको मिश्रण भरेर बनाइन्छ, यो साकाहारी हो। 
पौष्टिक आहार तत्त्व : योमरीलाई पौष्टिक आहारको तŒव मानिन्छ । तिल, चाकु, मास, मुँग, खुवालगायत खाद्यपदार्थ प्रयोग गरी बनाइने भएकाले यो पोषणयुक्त मानिन्छ । यसका साथै शुद्ध हिङ, अदुवा, लसुन, मरिचको धुलो र नुन मिसाउँदा स्वादिलो बन्छ। 

योमरीलाई पौष्टिक र स्वास्थ्यवद्र्धक बनाउन तिल–चाकुको सम्मिश्रणमा एक अलैँचीको पोटीभित्रका दाना मिसाउ“दा अमलपित्त नाशक बुटी बन्छ। 
खुवा योमरी पनि पौष्टिक परिकार मानिन्छ । यसमा अनुपात मिलाएर काजु, पेस्ता, सुकमेललगायतको राख्ने गरिएको छ। 
योमरी पुन्ही : योमरी धान्य  पूर्णिमाको दिन बनाइन्छ । नेवार समुदायले योमरी पुन्ही÷पूर्णिमा चाड मनाउँदै आएका छन् । धान्य पूर्णिमाको अवसर पारेर धानका कोठी, भकारी राखी पूजा गर्ने प्रचलन अझै पनि जीवित छ । योमरी पूर्णेकै रात धानका कोठी मायो वा बायो योमरी बनाएर पुजिन्छ । पोचुं चामलको पिठोबाटै केटाकेटीले बनाएका जनावर, पक्षी, कृषक, नाइके, नाइकेनी, लक्ष्मी, नारायण, गणेश, कुमार आदि आकृति धानका भकारीमा राखी भूमि पूजा गरिन्छ । यस अर्थमा योमरी खानका लागि मात्र होइन, भूमि पूजाका लागि पनि आवश्यक मानिएको छ। 

घर ‘सांस्कृतिक प्रयोगशाला’ : योमरी पूर्णे/धान्यपूर्णेका दिन नेवार समुदायको घरमा योमरी बनाउने प्रयोगशाला नै बनेको हुन्छ । घरका सदस्यहरू योमरी बनाउन व्यस्त देखिन्छन् । केटाकेटीहरू रमाउँदै चुलबुलाउ“दै पोचुंका मुसो, कुमार, मयुर, हात्ती, घोडा बनाएर रमाउँछन् । लाग्छ, घरघर योमरी बनाउने प्रयोगशाला हो। 

रमझमको पर्व : साँझपख टोलटोलमा बालबालिका जुटी योमरी माग्दै उफ्रिउफ्री गाइरहेका हुन्छन् । केटाकेटी सारभूत स्वर लहरी यसरी मचाइरहन्छन् : 
‘त्यःछिं तिय, बोकछिं तियः ।
थुउसिया सामा वल योमरी निगः तियः ।’
अर्थात्– 
‘चार माना देऊ, एकै माना सही ।
यो सालको बाली भित्रियो, योमरी दुइटा देऊ ।’

‘योमरी तुयु, उंकिया दुने हाकु ।
नये बले माकु, दुरुभरी ताकु ।’
अर्थात्–
‘योमरी सेतो, त्यसभित्र चाकु ।
खा“दाखेरि मिठो कुराउनी हकुलो ।’
‘बिउसा ल्यास्से, मबिउसा सितिकुति बूढी ।’
अर्थात्–
‘योमरी दिए, सुन्दरी, तरुनी,
दिएन भने चाउरी बूढी ।’

केटाकेटीले यसलाई स्वरबद्ध गरिँदा रमाइलो हुने गरेको छ । यो एक प्रकारको माग, आशिक र श्रापजस्तै लाग्छ । 
उनीहरूको गीत यतिमै टुंगिन्न। 

‘दिए सुन्दरी तरुनी, नदिए ख्याउटे सिकुटी बूढी’   यसले योमरीको आकार–प्रकार र गुडीको आसय व्यक्त गर्छ । 
योमरी पूर्णे चाडका सामूहिक बाल–वचन, मेची–महाकालीव्यापी देउसी–भैलोका अभिव्यक्तिसितै मिल्दोजुल्दो छ । 
‘यसपालिको सामा बाली भित्रियो योमरीहरू देऊ ।’ 

यी अभिव्यक्तिहरू सांस्कृतिक छन्, जुन बाली विज्ञानसँग सम्बन्धित छन् । यसमा छिमेक तथा टोलबीच आपसी समझदारी कामना गरी असल छिमेकीपन कायम राख्ने सन्देश दिएको छ। 

अभिषेक–अभिनन्दन : योमरीका महिमा यतिमै टुंगिन्न । दुई, चार, ६, आठ, १० र १२ वर्ष पुगेकालाई योमरी माला पहि¥याउने गरिएको छ। 

नेवार संस्कारमा ज्येष्ठता, जङ्कु जन्म कुण्डलीअनुसार ७७ वर्ष ७ महिना, ७ दिन, ७ घडी, ७ पला समय चक्रलाई ठीक मुहूर्त÷साइत जुटाएर मनाइने ज्येष्ठ नागरिक अभिनन्दन समारोहलाई जनाउ“छ । यसमा सहोदर दाजुभाइ, दिदीबहिनी, छोराछोरी, ज्वाइ“, नातिनातिना, पारिवारिक समुदाय, शुभेच्छुक–इष्टमित्र सम्मिलित भई रथारोहण गराई अभिषेक गर्छन् । अभिषेकका अवसरमा काठको पाथीमा योमरी, लावा, अक्षेता, अबिर र सुगन्धी फूलहरू राखी ज्याजङ्कुका मूलनायक–नायिका दुवैलाई एक साथ शिरैदेखि बर्साएर अभिनन्दन गरिन्छ । यसकारण योमरी अभिषेक र अभिनन्दनको परिकार पनि हो। 

सामाजिकीकरण : योमरी चाड मनाउँदा केटाकेटीहरू समाजमा घुलमिल हुन सिक्छन् । उनीहरू घरदैलो चहार्छन् । समूहमा माग्छन् । मनको धक फुक्छन् । गाउ“छन्, उफ्रन्छन् र  रमाउ“छन् । यसले योमरी चाड बाल सामाजिकीकरणको पहिलो चरण मानिएको छ। 

तर, यो चाडको प्रारम्भ कसले गर्‍यो भन्नेबारे अहिलेसम्म अनुत्तरित नै छ । यद्यपि, भक्तपुर इछुटोल निवासी स्वर्गीय लीला भक्त मुनंकर्मीले आफ्नो पुस्तक ‘हाम्रा सांस्कृतिक पर्व र जात्राहरू’ मा ‘धान्यपूर्णिमा’ (योमरी पुन्ही) रचनामा यसरी उल्लेख गरेका छन् : 
‘पाञ्चाल देश (जसलाई अहिले पनौती भनिन्छ)मा
सुचन्द्र नाम गरेका एकजना धर्मात्मा महाजन 
थिए । ती महाजन जोइपोई दुवै नै श्री विष्णु भगवान्का
 भक्त थिए । ती दुवै जोइपोईले मार्ग शुक्ल पूर्णिमाका दिन 
आफ्नो घरलाई सफासुग्घर पारी यो योमरी रोटी बनाएर अरुहरूलाई पनि खानदिए ।’
यसमा सार्थक सफलता अवश्यम्भावी छ । ‘वादेवादे जायते तत्त्व बोध’ हाम्रै पूर्वाचीन संस्कृत भाषा, संस्कृतिको उद्बोधन रहेको छ। 

युगीन दृष्टि ; योमरी संस्कृति पूर्वाचीन कृषि जीवन र व्यवसायसित सम्बन्धित छ । त्यसकारण अर्वाचीन दृष्टिकोणले केलाउन मिल्दैन । यस्ता कृषिवाला जीवन संस्कार र संस्कृतिलाई जीवन्त बनाइराख्न नवीन सोच र बुझाइ नितान्त खाँचो पर्छ। 

योमरी पुन्हीलाई धान्यपूर्णे भन्नु कारण योे युग सान्दर्भिकता कृषि जीवनसँग सम्बन्धित छ । किनकि धान्य पदार्थ आर्थिक जीवनका कारोबारका लागि गर्भ ठहरिन्छ । 

बिट मार्नुअघि : योमरी पुन्ही चाडका आयाम आफ्नै संस्कार र संस्कृतिभित्रका सांस्कृतिक जीवन्त अनुभूतिगम्य अन्तरचेतका अभिव्यक्ति छन् । सांस्कृतिक जागरण र संचेतना उजागर गर्न अनुभूतिपूर्ण सही व्याख्या, विश्लेषण नगरी हुन्न । तिनको अभावमा सांस्कृतिक जीवन्ततामा ह्रास आउनु स्वाभाविक रहन्छ । सार्थक, जीवन्त व्याख्या र विश्लेषणले सांस्कृतिक पुनर्ताजगीकरण गर्छ। 

प्रकाशित: १६ मंसिर २०७४ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App