४ वैशाख २०८१ मंगलबार
फोटो फिचर

काठमाडौं ९ मा विवेकशील साझाकाे 'मर्निङ्ग वाक' (फाेटाे फिचर)

काठमाडाैं –विवेकशील साझा पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवारका मिलन पाण्डेले चुनावी घरदैलाे अभियानलार्इ तिब्रता दिएका छन् । बुधबार बिहान विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर ९ किशोर थापासँग 'मर्निङ्ग वाक' कार्यक्रम गरेकाे थियाे ।

काठमाडौं क्षेत्र नम्बर ९ का स्थानीयवासी र काठमाडौं क्षेत्र नम्बर ९ विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले किशोर थापासँग मर्निङ्ग वाक गर्दै कुलेश्वर क्षेत्रमा घरदैलो कार्यक्रम गरेका थिए । त्यस्तै विवेकशील साझा पार्टीले काठमाडौँ क्षेत्र नं ९ मा मिलन पाण्डेकाे प्रचारकाे लागि स्टल समेत राख्न थालेको थियाे ।

'आश्वासन दिने दल त धेरै आए तर सुझाब लिने कुरा नौलो लाग्यो,'४० वर्षीय अम्बिका श्रेष्ठले स्युचाटारमा राखिएको स्टलमा पार्टीको नीति अनि उम्मेदवारको जानकारी लिदै भनिन् । काठमाडौं क्षेत्र नम्बर ९ मा कांग्रेसका ध्यानगोविन्द रंजित र बाम गठबन्धनबाट कृष्णगोपाल श्रेष्ठले समेत चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App