८ वैशाख २०८१ शनिबार
फोटो फिचर

घर ठड्याउन छोडेर मतदानमा सिन्धुवासी (फोटो/ भिडियो)

सिन्धुपाल्चोक- पुनर्निर्माणको चटारो र मंसिर थन्क्याउने व्यस्तता थाँती राखेर सिन्धुपाल्चोकका भूकम्प पीडितले उत्साहजनक ढंगले मतदान गरिरहेका छन्। दिउँसो साढे १ बजेसम्म झण्डै ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 ‘शान्तिपूर्वक मतदान भइरहेको छ,’ निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता लक्ष्मीप्रसाद निरौलाले नागरिकन्यूजसँग भने, ‘कुल मतदाताको झण्डै आधा भोट खसिसकेको प्रारम्भिक रिपोर्टिङ छ ।’ जिल्लाका सबै २ सय ८५ केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको उनले जनाए ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका लाँगार्चे केन्द्रमा भने तीन घण्टा ढिलो गरी बिहान १० बजेबाट मतदान सुरु भएको छ। शनिबार राति त्यहाँ बाम र लोकतान्त्रिक गठबन्धनबीच झडप भएपछि उत्पन्न बिवादेले समयमै मतदान सुरु हुन सकेन । सर्वदलीय सहमति जुटेपछि त्यहाँ मतदान सुरु भएको जिल्ला प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले बताए।

तीन मतपेटिका, तीनवटै मतपत्र र चार भोट राख्नुपर्ने भएपनि कम चिह्नका छरितो मतपत्रका कारण मतदान प्रक्रिया छिटो–छिटो भइरेको छ । ‘चुस्त मतपत्रका कारण मतदान प्रक्रिया छोट्टिइरहेको छ,’ कल्लरी आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत राजेन्द्र नेपालले भने।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App