coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

विवाहको योजना

विवाह भनेको जीवनमा एकचोटी हुने कुरा हो । त्यसैले यसलाई हामीले अविस्मरणीय तरिकाले सम्पन्न गर्नुपर्छ ।
विवाहको बेला यो महिनाबाट सुरु हुँदैछ । हिन्दी फिल्म र पाकिस्तानी टेलिफिल्मको प्रभावले हामी नेपालीको वैवाहिक व्यवहार र रीतिरिवाज पनि बढ्दै मात्र होइन महँगो पनि हुँदै गइरहेको छ । सकेसम्म फजुल खर्च नगरी अति आवश्यक विधिविधानमा मात्र खर्च गर्ने बानी बसाल्नु अति जरुरी छ । विवाहका हरेक विधिले दाम्पत्य जीवन अझ बढी दरिलो रुपमा बाँध्न सक्छ । जस्तो, जनै सुपारी, स्वयंम्बर, वरणी, कन्यादान, सम्धिनी भेट, बिदाइमा सासुले ज्वाइँलाई व्यक्त गर्ने भनाइ सारै मा¨मक हुन्छ । परम्परागत रुपमा योजनाबद्ध विवाह गर्दा सबै सबै सुझाइएका कार्य गर्नुपर्छ । जसले गर्दा समयका साथै पैसाको पनि वचत हुन्छ । हिजोआज त विवाह हरेक कुराको योजना बनाइदिने, मिलाइदिने विभिन्न इभेन्ट म्यानेजमेन्ट कम्पनी पनि हुन्छन् । मात्र पैसा तिरे पुग्छ । हामीसँग समय पनि छ, घरपरिवारको सहयोग पनि छ भने कुनै म्यारिज ब्युरोलाई इभेन्ट व्यवस्थापन गर्ने जिम्मा दिनुको साटो त्यो पैसा अन्य आवश्यक चिजवस्तु खरिदमा खर्च गर्दा उत्तम हुन्छ ।
विवाहको साइत
विवाहको साइत घरपरिवारले नियमित सल्लाह लिने पण्डित वा गुरुले निकाल्छन् । साइत निकाल्दा राम्ररी निकाल्नु पर्छ । परिवारका अन्य सदस्यको कुनै कार्यक्रम नभएको दिन साइत निकाल्नु उचित हुन्छ । पाहुनाहरु आउन सजिलो समय उत्तम हुन्छ । यस्तो बेलामा घरपरिवारलाई उत्तिकै महŒव दिनुपर्छ ।
विवाहको खर्च
सबैभन्दा पहिला विवाहमा कति खर्च गर्ने, कसरी गर्ने र कमाउने छोरा वा छोरी हो भने उनीहरुले कति सहयोग गर्न सक्छन्, भर्खरै विवाह सम्पन्न गरेको परिवार वा आफन्त भए उनीहरुलाई सोध्ने, सरसल्लाह गर्नेजस्ता उपाय निकाल्नु राम्रो हुन्छ ।
१. बजेट (खर्च) को सूची बनाउने ।
२. अति नै आवश्यक सामानका सूची तयार पार्ने ।
३. यति खर्च हुन्छ भन्ने अनुमानित रकम लिस्टिङ गर्ने ।
इन्गेजमेन्ट
पहिला ‘जनैसुपाडी’ भनिने कार्यक्रम अचेल ‘इन्गेज्मेन्ट’मा परिणत मात्र भएको छैन, यसले वृहद् स्वरुप आकार ग्रहण गर्दैछ । जनैसुपाडीमा पण्डित र केटाको मामा पठाएर विवाहको साइत निकालेर पक्कापक्की गर्ने चलन थियो । हिजोआज भने ‘इन्गेजमेन्ट’लाई स्वयंम्बरजस्तै हर्षोल्लासका साथ मनाउन थालिएको छ । ‘इन्गेजमेन्ट’ हुनु ८÷१० दिनअगाडि नै हामीले केटाकेटीको औँठी तयार पार्नुपर्छ । जसले गर्दा साइतका बेला बेहुला–बेहुलीको औँलामा फिट होस् ।

निमन्त्रणा कार्ड
निमन्त्रणा कार्ड लेख्दा त्यसमा बनाउँदा अलि राम्रो फरक डिजाइनको बनाउनु पर्छ । कार्ड एउटै परिवारमा दुई तीन चोटी नपुगोस् भनी सुनिश्चित गर्नुपर्छ । त्यसका लागि परिवारसँग सल्लाह गरेर मात्र पठाउनुपर्छ ।

- आफूलाई चाहिनेभन्दा अलि बढी निमन्त्रणा कार्ड प्रिन्ट गर्नुपर्छ ।
-. कार्डमा ठेगाना, मिति, नाम स्पष्ट र शुद्ध हुनुपर्छ ।
- कार्यक्रम स्थलको नक्सा पनि स्पष्ट रुपमा बुझिने गरी पछाडिपट्टि बनाउनुपर्छ ताकि समारोह स्थलमा पुग्न निमन्त्रित व्यक्तिलाई कुनै कठिनाइ नहोस् ।
- विवाहमा आउन नसक्ने नातागोतालाई पनि कार्ड पठाउन भुल्नु हुँदैन ।
-. असमर्थताको ‐च्क्ख्ए) लागि पनि कार्डमा सम्पर्क नम्बर लेख्न भुल्नु हुँदैन ।
सेवा प्रदान गर्ने समूह
— तुलनात्मक रुपमा अलि सस्तो सेवा प्रदान गर्ने समूह खोज्नुपर्छ । जसले फोटोग्राफर, भिडियोग्राफर, बत्तीबाला, जग्गे तथा घर शृंगार गरिदिने, मण्डप बनाउने समूह सस्तोमा  पाइन सक्छ । नभए घरका कुनै एक जना सदस्यलाई प्रत्येक कामका लागि एउटा–एउटा कुराको जिम्मा दिने ।
— बाहिरको सेवा प्रदायक समूहलाई कामको जिम्मा दिँदै हुनुहुन्छ भने एकैचोटी पूरा पैसा नदिने, अलिअलि बाँकी राखेर पैसा दिने ।
— हरेक कामको कागजी सम्झौता तयार गर्ने ।
— विवाहको मौसममा प्रायः सबै ठाउँ बुक हुन्छ । त्यसैले अलि अगाडि नै बुक गर्ने ।
स्थान
समय र आमन्त्रित पाहुनाअनुसार विवाहस्थल बुक गर्ने । यदि पानी पर्ने याममा विवाह भइरहेको छ भने भित्री हल नै बुक गर्नुपर्छ । यो पनि एक महिनाअगाडि नै कहाँ र कुन ठाउँ चाहिएको, सोको सुनिश्चितता गर्नुपर्छ । साथै, बत्ती, पानी, पावर ब्याकअप, सुरक्षाको सुविधा, एयर कन्डिसन अनि समस्या परिहाल्यो भने समस्या समाधानार्थ सम्बन्धित मान्छेको नाम, फोन नम्बर र ठेगाना आदि लेखेर राख्नुपर्छ ।
खाना र सरसफाइ
दुई तीन हप्ता अगाडिदेखि नै घरमा धेरै काम हुन्छ । बाहिरको किनमेलको काम पनि त्यत्तिकै हुन्छ । सघाउन आउने–जाने इष्टभित्र पाहुना पनि त्यत्तिकै हुन्छन् । अलिकति व्यवस्थित तरिकाले ग¥यो भने राम्रो पनि देखिन्छ र घरको मुख्य मान्छेलाई सजिलो पनि हुन्छ । सकिन्छ भने चियानास्ता साधारण किसिमको तयार गर्ने मान्छे राख्ने । नभए दिनको रु एक हजार दिएर काम गर्ने बाहुनीहरु पनि पाइन्छन् । उनीहरुलाई खाजानास्ताको प्रबन्ध गर्ने जिम्मा दिने । खाना स्वस्थकर र सफा हुनुपर्छ । त्यसमा कुनै सम्झौता नगर्नुस् ।
अर्को निकै ध्यान दिनुपर्ने कुरा, बेहुला–बेहुलीले आफ्नो लुगा तथा गहनामा ध्यान पु¥याउनु पर्छ । जस्तो पारम्परिक कार्यक्रममा सोही अनुसारको लुगा लगाउनु पर्छ । त्यस्तै रिसेप्सन तथा इन्गेज्मेन्टमा सोहीअनुसारको पहिरन लगाउनु पर्छ । पारम्परिक कार्यक्रम छ भने नेपाली पारम्परिक पोसाक लगाउनु उचित हुन्छ । त्यस्तै गर्मी याम छ भने बाक्लो लुगा लगाउनु हुँदैन । जाडोमा पनि मौसम अनुकूलको पहिरन लगाउनु उचित हुन्छ । गह्रुँगा लुगा छन् भने हलुका गहना लगाउनु पर्छ ।
यी सबै कार्यक्रममा पाहुनालाई बेहुला–बेहुलीले हाँसेर नम्र भई स्वागत गर्नुपर्छ । अङ्ग्रेजीमा भनाइ नै छ नि, फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन । त्यसैले सधैँ हामीले पहिलो प्रभाव नै धाँसु किसिमको बनाउनेतर्फ ध्यान दिनुपर्छ ।

(नागरिक परिवारबाट साभार)

 

प्रकाशित: ९ मंसिर २०७४ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App