coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ब्राजाली फरवार्ड रविन्हो बलात्कारी ठहर, ९ वर्ष काराबासको सजाय

ब्राजिली फरवार्ड रोबिन्हो

मिलान— इटालीको एक अदालतले ब्राजिलको राष्ट्रिय फुटबल टोलीका फरवार्ड रोविन्होलाई सामुहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको छ। सन् २०१३ मा रविन्होसहित अन्य पाँच जनाले डिस्कोमा रक्सी पिएर एक अल्बानियाली महिलालाई बलात्कार गरेको घटनामाथि इटालीको अदालतले बिहीबार फैसला सुनाएको हो। ३३ वर्षे रोविन्हो इटालीयन क्लब एसी मिलानका पनि फरवार्ड हुन्।

मिलानको अदालतले रोविन्होले पीडित महिलालाई ६० हजार युरो क्षतिपूर्ति दिन पनि आदेश दिएको छ। रविन्होले इन्स्टाग्राममा एक स्ट्याटस पोष्ट आफू घटनामा संलग्न नरहेको भन्दै कानुनी प्रक्रिया अघि बढाउने उल्लेख गरेका छन्। इटालीको कानुनी प्रावधान यो आदेशविरुद्ध उनले अपिल गर्न पाउनेछन्।

ब्राजिलले जितेका १०० खेलमा उनले २८ गोल गरेका छन्। ब्राजिलको सान्तोष क्लबबाट फुटबल करिअर सुरु गरेका उनले स्पेनको रियल म्याड्रिड, इङ्ल्यान्ड, इटाली, चीनका क्लबबाट खेलिसकेका छन्।

प्रकाशित: ८ मंसिर २०७४ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App